अस्ट्रेलियाको चुनावमा सत्तारुढ गठबन्धनको अप्रत्याशित जीत « Khabarhub

अस्ट्रेलियाको चुनावमा सत्तारुढ गठबन्धनको अप्रत्याशित जीत


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया– अस्ट्रेलियामा भएको आम निर्वाचनमा वर्तमान सत्तारुढ गठबन्धनले अप्रत्याशित जीत निकालेको छ ।

प्रधानमन्त्री स्कट मरिसनको नेतृत्वमा लिबरल पार्टीसम्मिलित मध्य–दक्षिणपन्थी गठबन्धनले तीन चौथाई भन्दा धेरै मतगणना भइसक्दा तल्लो सदनमा हालसम्म ७४ सिट जितेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१५१ सिट रहेको तल्लो सदनमा सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ । यसअनुसार वर्तमान सत्तारुढ गठबन्धन बहुमतको दिशामा अघि बढिरहेको जनाइएको छ ।

त्यस्तै, विपक्षी लेबर पार्टी भने केबल ६६ सिटमा सिमित बनेको छ । लेबर पार्टीका नेता बिल सर्टनले निर्वाचनमा आफ्नो पार्टीका पराजय स्वीकार्दै पार्टीको नेताबाट राजीनामा दिएका छन् ।

यसअघिका सर्वेक्षणमा विपक्षी लेबर पार्टीले भारी बहुमत ल्याउने नतिजा आएका थिए । मध्य–दक्षिणपन्थी गठबन्धनको विजयीलाई निकै अप्रत्याशित मानिएको छ ।

यो नतिजालाई सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको अप्रत्याशित विजयीसँग तुलना समेत गरिएको छ । प्रधानमन्त्री मरिसनले यो विजयीलाई ‘चमत्कार’ को संज्ञा दिएका छन् ।

उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतका नेताहरुले बधाई दिएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : १९ बजे

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ– विद्युत विकास विभागले आर्थिक वर्ष २०८२–८३ मा जलविद्युत्तर्फ ९९

दुई फर्मलाई वाणिज्य विभागको जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई