विश्वकप क्रिकेट : ब्राभो र पोलार्ड वैकल्पिक खेलाडीको सूचिमा « Khabarhub

विश्वकप क्रिकेट : ब्राभो र पोलार्ड वैकल्पिक खेलाडीको सूचिमा


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेष्ट इन्डिजले विश्वकप क्रिकेटका लागि चर्चित खेलाडी ड्यान ब्राभो र किरोन पोलार्डलाई वैकल्पिक खेलाडीको सूचिमा राखेको छ ।

मे ३० देखि इङ्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकप आउन ११ दिनमात्रै बाँकी रहेको छ । विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरिसकेको वेस्ट इन्डिजले यि दुई खेलाडीसहित अन्य ८ जनालाई वैकल्पिक खेलाडीको सूचिमा स्थान दिएको छ ।

गएको अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएर फर्किएका ब्राभो १० सदस्यीय वैकल्पिक टोलीमा अटाएका हुन् भने इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै मुम्बई इन्डियन्सलाई उपाधि दिलाएउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

वेष्ट इन्डिजले विश्वकपको पहिलो खेल मे ३१ मा पाकिस्तानसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ ।

वेष्ट इन्डिज टोली

जसोन होल्डर (कप्तान), क्रिस गेल, केमर रोच, दारेन ब्राभो, आन्द्रे रसेल, शाइ होप, सेल्डोन कोट्रेल, इभान लुइस्, श्यानन ग्राब्रीयल, कार्लोस बार्थवेक्ष्ट, आस्ले नुर्स, सिमरोन हेटमायर, फावियन एलेन, ओसाने थोमस, निकोलास पुरान

वैकल्पिक खेलाडी

सुनिल अब्रिस, ड्यान ब्राभो, जोन क्याम्पबेल, जोनाथन कार्टेर, रोष्टन चेस, साने विच, किमो पाउल, खर्या पियरे, रेमोन रेइफेर, किरोन पोलार्ड

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : ४२ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान