१० बुँदे सहमतिपछि नर्सहरुले तोडे अनसन | Khabarhub Khabarhub

१० बुँदे सहमतिपछि नर्सहरुले तोडे अनसन


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० दिन अघिदेखि अनसनमा बसेका सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले अनसन तोडेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार भएको वार्तामा सहमति जुटेपछि अंग प्रत्यारोपण केन्द्रका नर्स डिक्की शेर्पा र पोखराकी नर्स जीता बरालले अनसन तोडेका हुन् । स्वास्थ्य मन्त्रालयमा आन्दोलनरत नर्स, अंग प्रत्यारोपण केन्द्रका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तथा नेपाल नर्सिङ संघका पदाधिकारीबीच लामो समय वार्ता भएको थियो ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा १० बुँदे सहमति भएको हो। १० बुँदे सहमतिपछि नर्सहरू अनसन तोड्न सहमत भएका हुन् । दुई पक्षवीचको सहमतिपछि १ महिना देखिको अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलन पनि स्थगित भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ९ : २४ बजे

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी