बिहान खाली पेटमा भिजाएको चना खानुका फाइदै–फाइदा « Khabarhub

बिहान खाली पेटमा भिजाएको चना खानुका फाइदै–फाइदा


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

स्वस्थ जीवनका लागि हामीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । किनकी हरेक रोगको जड खानेकुरासँग जोडिएको हुन्छ । के खाँदा शरीरलाई फाइदा हुन्छ यसबारे सदैब सचेत रहनुपर्छ ।

अधिकांश मानिसहरुमा खान नपाएर भन्दा पनि खान नजानेर स्वास्थ्यमा जोखिम नित्याइरहेका हुन्छन् । त्यसैले खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । आज हामीले विहान खाली पेटमा भिजाएको चना खानुका फाइदाबारे प्रस्तुत गरेका छौं –

१-चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शरीरमा शक्ति प्रदान गर्छ ।

२-चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।

३- चनालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।

४-चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ ।

५-चनामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ।

६- चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ ।

७- रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

८- चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।

९- चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।

१०- एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ५ : ४७ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा