गर्मीमा ‘कोल्ड ड्रिङ्क्स’ को सट्टा मही पिउनुहोस्, यस्ता छन् फाइदा « Khabarhub

गर्मीमा ‘कोल्ड ड्रिङ्क्स’ को सट्टा मही पिउनुहोस्, यस्ता छन् फाइदा


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शहरी क्षेत्रमा महीको महत्व थाहा हुँदैन । दही–महीभन्दा पनि बजारमा पाइने चिसो पेय पदार्थमा मानिसहरूको आकर्षण बढ्दो पाइन्छ ।

बजारमा पाइने चीसो पेय पदार्थले मानव स्वास्थ्यलाई पाइदा पुर्याउँदैन भन्ने जान्दाजान्दै पनि मानिसहरु खान छाड्दैनन् । गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्ने चिकित्सकहरू बताउँछन् ।

तर बजारमा पाइने पेय पदार्थ भन्दा मही खानु निकै उत्तम हो । अझ गर्मीयाममा मही खानु स्वास्थ्यका लागि लाभदायक हुने चिकित्सकहरू बताउँछन् । मही खानुका फाइदाहरू यस्ता छन्-

  • गर्मी याममा शरीरमा आलस्यता आउँछ। महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।
  • महीले गर्मी याममा शीतलता प्रदान गर्नुका साथै गर्भवतीका लागि मही अति नै उपयोगी मानिन्छ। महीमा पाइने ‘प्रोबायोटिक’ले गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्य ठीक बनाउन सहयोग गर्छ।
  • महीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ।
  • भुटेको जिराको साथमा मही खाँदा पाचन प्रणाली ठीक राख्‍न मद्दत गर्छ।
  • मोटोपना अधिक हुँदा महीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
  • साँझबिहान महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ।
  • पटकपटक बाडुल्की लाग्ने समस्या भए महीमा एक चम्चा अदुवाको रस मिलाएर सेवन गर्नु लाभदायक हुन्छ।
    शरीरको पोलेको भागमा तुरुन्त मही लगाउँदा आराम मिल्छ।
  • महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ। गुलाबको जरालाई महीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोर हराउँछ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ८ : ०८ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा