इनरुवामा पनि डेंगुका बिरामी भेटिए « Khabarhub

इनरुवामा पनि डेंगुका बिरामी भेटिए


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ ।

इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए ।

धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

इनरुवाको १, ३, ६, ९ र १० वडामा डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा सङ्क्रमितको आशङ्का गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन ।

स्थानीयवासीले ज्वरोपश्चात उपचारका लागि बिरामीलाई धरान र विराटनगर पुर्‍याइएकाले सङ्क्रमण भएका रोगीको सङ्ख्या अधिक हुनसक्ने आङ्कलन गरे पनि जिल्ला अस्पताल इनरुवाले भने आधिकारिकरूपमा इनरुवामा एक जनामा मात्र डेंगु सङ्क्रमण पाइएको जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ९ : २७ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु