ट्रमामा हुँदै नभएको एमआरआई मेसिन बिग्रियो भन्दै सांसदले बनाउन माग गरे « Khabarhub

ट्रमामा हुँदै नभएको एमआरआई मेसिन बिग्रियो भन्दै सांसदले बनाउन माग गरे


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा बुधबार एक सांसदले आफूलाई राम्रोसँग जानकारी नै नभएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनी हुन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देव प्रकाश तिमल्सिना ।

सांसद तिमल्सिनाले राष्ट्रिय ट्रमा सेन्टर विषयमा बोल्दै एमआरआई मेसिन बिग्रिएको ८ महिना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

एमआरआई मेसिन बिग्रिंदा देशभरबाट आउने बिरामीले सेवा पाउनबाट वञ्चित भएको भन्दै सांसद तिमल्सिनाले सम्बन्धित मन्त्री र मन्त्रालयलाई एमआरआई मेसिन बनाउन संसदको ध्यानाकर्षण गराए ।

‘काठमाडौंको मुटुमा रहेको ट्रमा सेन्टरमा एमआरआई मेसिन बिग्रिएको करिव-करिव ८ महिना भयो । त्यहाँ उपचार गर्न मेचिदेखि महाकालीसम्मका जनता आउँछन्,’ सांसद तिमल्सिनाले भने, ‘त्यो एमआरआई मेसिन बिग्रेर ८ महिनासम्म नबन्दा त्यहा उपचार गर्न आउने बिरामी अत्यान्त मर्कामा छन् । त्यसकारण सम्बन्धित मन्त्री र मन्त्रालयलाई ध्यानाकर्षण गराइ त्या मेसिन तुरुन्त बनाएर सेवा सुचारु गरियोस् ।’

झट्ट सुन्दा सांसद तिमल्सिनाले ट्रमा सेन्टरको समस्याको विषयमा संसदको ध्यानाकर्षण गराउनु उपयुक्त जस्तो लाग्छ । तर, सांसद तिमल्सिनाले ट्रमा सेन्टरमा बिग्रिएको भनेको एमआरआई मेसिन भने अहिलेसम्म खरिद नै भएको छैन ।

ट्रमा सेन्टरले एमआरआई मेसिन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पहल गरिरहेको छ ।

त्यसो त राष्ट्रिय ट्रमा सेन्टरमा मेसिन नै नबिग्रिएको भने होइन ।  सिटि स्क्यान मेसिन बिग्रिएर छ । मेसिन बिग्रिंदा सेवा लिन आउने बिरामी प्रभावित हुँदै आएका छन् ।

सांसद तिमल्सिनाले सिटी स्क्यान बिग्रिएको र उक्त मेसिन बिग्रिदा बिरामीले दुःख पाएकाले मेसिन बनाउन पहल गर्नुपर्ने बताउँन चाहेको आसय भने पक्कै हुनसक्छ । तर उनले ट्रमा सेन्टरको एमआरआई मेसिन बिग्रिएको भन्दै पटक पटक एमआरआई मेसिनकै नाम लिए ।

सांसद तिमल्सिनाले अस्पतालको समस्याको विषयमा संसदमा बोले पनि खास समस्या के हो भनेर वास्तविकता भने अध्ययन गरेका रहेनछन् भन्ने यसैबाट पुष्टि हुन्छ । सांसदहरुले घटनाको विषयमा राम्रोसँग नबुझि बोल्ने  गरेको यो मात्र पहिलो घटना होइन यसभन्दा अघि पनि कति सांसदहरुले बाेल्दै आएका थिए ।

यो पनि पढ्नुस्

३ महिनादेखि बिग्रेको ट्रमा सेन्टरको सिटी स्क्यान अझै बनेन, अस्पताललाई दैनिक डेढ लाख घाटा

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  २ : ३१ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र