ट्रमामा हुँदै नभएको एमआरआई मेसिन बिग्रियो भन्दै सांसदले बनाउन माग गरे « Khabarhub

ट्रमामा हुँदै नभएको एमआरआई मेसिन बिग्रियो भन्दै सांसदले बनाउन माग गरे


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा बुधबार एक सांसदले आफूलाई राम्रोसँग जानकारी नै नभएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनी हुन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देव प्रकाश तिमल्सिना ।

सांसद तिमल्सिनाले राष्ट्रिय ट्रमा सेन्टर विषयमा बोल्दै एमआरआई मेसिन बिग्रिएको ८ महिना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

एमआरआई मेसिन बिग्रिंदा देशभरबाट आउने बिरामीले सेवा पाउनबाट वञ्चित भएको भन्दै सांसद तिमल्सिनाले सम्बन्धित मन्त्री र मन्त्रालयलाई एमआरआई मेसिन बनाउन संसदको ध्यानाकर्षण गराए ।

‘काठमाडौंको मुटुमा रहेको ट्रमा सेन्टरमा एमआरआई मेसिन बिग्रिएको करिव-करिव ८ महिना भयो । त्यहाँ उपचार गर्न मेचिदेखि महाकालीसम्मका जनता आउँछन्,’ सांसद तिमल्सिनाले भने, ‘त्यो एमआरआई मेसिन बिग्रेर ८ महिनासम्म नबन्दा त्यहा उपचार गर्न आउने बिरामी अत्यान्त मर्कामा छन् । त्यसकारण सम्बन्धित मन्त्री र मन्त्रालयलाई ध्यानाकर्षण गराइ त्या मेसिन तुरुन्त बनाएर सेवा सुचारु गरियोस् ।’

झट्ट सुन्दा सांसद तिमल्सिनाले ट्रमा सेन्टरको समस्याको विषयमा संसदको ध्यानाकर्षण गराउनु उपयुक्त जस्तो लाग्छ । तर, सांसद तिमल्सिनाले ट्रमा सेन्टरमा बिग्रिएको भनेको एमआरआई मेसिन भने अहिलेसम्म खरिद नै भएको छैन ।

ट्रमा सेन्टरले एमआरआई मेसिन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पहल गरिरहेको छ ।

त्यसो त राष्ट्रिय ट्रमा सेन्टरमा मेसिन नै नबिग्रिएको भने होइन ।  सिटि स्क्यान मेसिन बिग्रिएर छ । मेसिन बिग्रिंदा सेवा लिन आउने बिरामी प्रभावित हुँदै आएका छन् ।

सांसद तिमल्सिनाले सिटी स्क्यान बिग्रिएको र उक्त मेसिन बिग्रिदा बिरामीले दुःख पाएकाले मेसिन बनाउन पहल गर्नुपर्ने बताउँन चाहेको आसय भने पक्कै हुनसक्छ । तर उनले ट्रमा सेन्टरको एमआरआई मेसिन बिग्रिएको भन्दै पटक पटक एमआरआई मेसिनकै नाम लिए ।

सांसद तिमल्सिनाले अस्पतालको समस्याको विषयमा संसदमा बोले पनि खास समस्या के हो भनेर वास्तविकता भने अध्ययन गरेका रहेनछन् भन्ने यसैबाट पुष्टि हुन्छ । सांसदहरुले घटनाको विषयमा राम्रोसँग नबुझि बोल्ने  गरेको यो मात्र पहिलो घटना होइन यसभन्दा अघि पनि कति सांसदहरुले बाेल्दै आएका थिए ।

यो पनि पढ्नुस्

३ महिनादेखि बिग्रेको ट्रमा सेन्टरको सिटी स्क्यान अझै बनेन, अस्पताललाई दैनिक डेढ लाख घाटा

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  २ : ३१ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल