सरकाले प्रतिपक्षीमाथि सधैँ हेप्ने काम गरेको सभापति देउवाको आरोप | Khabarhub Khabarhub

सरकाले प्रतिपक्षीमाथि सधैँ हेप्ने काम गरेको सभापति देउवाको आरोप


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै संसदीय दलका नेता समेत रहेका देउवाले प्रतिपक्षी दलमाथि सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका हुन् ।

सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै सभापति देउवाले त्यो कुनै पनि अवस्थामा आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिए । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उनले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाए ।

उनले भने,“प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् ।”

उहाँले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिनु विपक्षी दलमाथि सरकारले बलमिच्याई गरेको आरोप लगाए । उनले भने “हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहि उल्टो भएको छ ।

संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसार भरी नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्न विपक्षीले हो । तर यहा ठिक उल्टा हुन खोज्दैछ । जवरस्ती गर्नु उपयुक्त हुन्छ ? सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो डेमोक्रेसी हुन्छ ? बल मिच्याई चल्दैन, हामी कुनै हालतमा मान्यवाला छैनौ ?

कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिन सम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउदै उनले आफुहरुले बोल्नका लागि मात्रै समय मागेको बताए । उनले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको विधेयकलाई संसद बाहिर गएर फिर्ता लिने काम गरको भन्दै आपत्ति समेत जनाए ।

“संसद चलेको बेला संसदमा दर्ता भएको विधेयक बाहिर फिर्ता लिन मिल्छ कहाँको संसदीय परम्परा हो ? संसदबाट फिर्ता लिनुपर्छ ।”, सभापति देउवाले भने ।

उनले मिडिया काउन्सिल विधेयक, सूचना विधेयक, मानवअधिकार आयोग लगायतका संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी दिए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ३ : ३३ बजे

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छ : सभामुख घिमिरे

काठमाडौँ– सभामुख देवराज घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा

१५ वर्षीया किशोरीको हत्या, प्रेमिका पूर्वपतिसँग नजिकिँदा भयो घटना

जनकपुरधाम– जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक

बालुवाटारमा जुटे कांग्रेस र एमालेका शीर्ष नेता

काठमाडौं– बागमती प्रदेशमा सत्ता संघर्ष चलिरहेका बेला नेपाली कांग्रेस र

आकाशे पानी पुनर्भरणका लागि आवश्यक संरचना बनाउन जोड

पर्सा– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण

थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिक फिर्ता गर्न कम्बोडियाको आग्रह

एजेन्सी– कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको