राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं – प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं – प्रधानमन्त्री ओली


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् । ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणमा एक भएर जुट्न सबैलाई आग्रह गरेका हुन् ।

ओलीले बुधवार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमुना मालपोत कार्यालय’ घोषणा गर्दै प्रविधिको प्रयोगले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागिपरेको र सो अभियानमा सबैको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गरे ।

साथै उनले मुलुकको वनजङ्गल तथा  स्रोतहरुलाई प्रविधिको प्रयोग गरी विकास गर्न सकियो भने नेपालमा एक करोड पर्यटक भित्र्याउने सम्भावना भएको दाबी गरे । प्रविधिको प्रयोग गरी विकासको प्रयासलाई सबैले साथ दिनुपर्नेमा उनको जोड थियो ।

प्रम ओलीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा २० लाख पर्यटक भित्र्याउन प्रयास भइरहेको पनि बताए । त्यस्तै उनले २ वर्षभित्र देशका सबै मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाउने दाबी गरे ।

त्यसै गरी कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सेवाग्राहीहरुलाई सहज ढंगले सेवा पुर्‍याउने गरी कलंकी मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’का रुपमा विकास गरिएको बताइन् ।

मन्त्री अर्यालले जग्गाको कारोबारलाई व्यवस्थित बनाउन सो कार्यालयलाई प्रविधिले युक्त कार्यालयको रुपमा विकास गरिएको धारणा राखिन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ४ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै