राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं – प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं – प्रधानमन्त्री ओली


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् । ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणमा एक भएर जुट्न सबैलाई आग्रह गरेका हुन् ।

ओलीले बुधवार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमुना मालपोत कार्यालय’ घोषणा गर्दै प्रविधिको प्रयोगले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागिपरेको र सो अभियानमा सबैको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गरे ।

साथै उनले मुलुकको वनजङ्गल तथा  स्रोतहरुलाई प्रविधिको प्रयोग गरी विकास गर्न सकियो भने नेपालमा एक करोड पर्यटक भित्र्याउने सम्भावना भएको दाबी गरे । प्रविधिको प्रयोग गरी विकासको प्रयासलाई सबैले साथ दिनुपर्नेमा उनको जोड थियो ।

प्रम ओलीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा २० लाख पर्यटक भित्र्याउन प्रयास भइरहेको पनि बताए । त्यस्तै उनले २ वर्षभित्र देशका सबै मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाउने दाबी गरे ।

त्यसै गरी कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सेवाग्राहीहरुलाई सहज ढंगले सेवा पुर्‍याउने गरी कलंकी मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’का रुपमा विकास गरिएको बताइन् ।

मन्त्री अर्यालले जग्गाको कारोबारलाई व्यवस्थित बनाउन सो कार्यालयलाई प्रविधिले युक्त कार्यालयको रुपमा विकास गरिएको धारणा राखिन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ४ : २९ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता