‘जंक फुड’ खाने बच्चा होचा पुड्का ! « Khabarhub

‘जंक फुड’ खाने बच्चा होचा पुड्का !


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खानपानका कारण आम मानिसमा आउने समस्या पनि दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । स्वास्थ्यका लागि हानिकारक मानिएका जंक फुडले तत्कालीन र दीर्घकालीन २ प्रकारका असर पार्ने गरेको एक अनुसन्धानबाट पुष्टि भएको छ ।

एक जर्नलमा प्रकाशित भएको रिपोर्ट कै आधारमा बेलायती पत्रिका ‘गार्डियन’ले छापेको समाचारमा प्याकेटका जंक खानेकुराले मानव स्वास्थ्यमा पार्ने प्रभाव उल्लेख गरिएको छ । यो अध्ययनले हाम्रा शिशु उमेरका केटाकेटीले खाने खानेकुरा कम पोषणयुक्त र बढी प्रचारमुखी हुँदै गएको देखाउँछ।

हाम्रा भान्छामै उपलब्ध भिटामिन, खनिज र अन्य पौष्टिक तत्वले भरिएका खानेकुरा छाडेर बिस्कुट, कुरकुरे, तयारी चाउचाउ र गुलियो मिसाइएका पेयहरू बढी मात्रामा खुवाउँदा केटाकेटीको हुर्काइमै असर पर्ने अध्ययनकर्ताहरूको ठहर छ।

पौष्टिकतासम्बन्धी जानकारी दिने जर्नल ‘न्यूट्रिसन’मा यो अध्ययन प्रकाशित भएको थियो। पत्रु खानेकुराहरूले कसरी संसारभरि बालबालिकामा अस्वाभाविक मोटोपन बढाउनुका साथै शारीरिक विकासमा असर पारिरहेको विस्तृत विवरण उक्त रिपोर्टमा छापिएको थियो।

काठमाडौं उपत्यकाभित्र १२ देखि २३ महिनाका ७ सय ४५ केटाकेटीको परिवारमा गरिएको अध्ययनले यो तथ्यांक देखाएको हो। कम आय भएका मुलुकमा यस्ता खानेकुरा केटाकेटीलाई खुवाउँदा उनीहरूको पौष्टिकतामा के कस्तो प्रभाव पर्छ भन्ने जाँच्न काठमाडौंमा यो अध्ययन गरिएको थियो। यसका अनुसन्धाता विश्वभर फैलिएको स्वास्थ्य संगठन ‘हेलन केलर इन्टरनेसनल’सँग आबद्ध छन्।

उनीहरूले अध्ययन गरेका सम्पूर्ण बालबालिकाले यस्ता पत्रु खाना खाने गरेको पाइएको थियो। त्यसैगरी कसैकसैको खपत मात्रा अत्यधिक भेटिएको थियो। शरीरलाई चाहिने क्यालोरीको आधा हिस्सा यस्ता अत्यधिक गुलियो, नुनिलो र चिल्लो खानेकुराबाट प्राप्त गरेका केटाकेटी उस्तै उमेरका थोरै पत्रु खानेकुरा खाने केटाकेटीका तुलनामा होचा पाइएका थिए। केटाकेटीको शरीर विकासमा आवश्यक प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन ए र जिंकको मात्रा त्यस्ता कम पोषणयुक्त खानेकुरा ग्रहण गरिरहेका केटाकेटीमा थोरै पाइएको थियो।

‘अध्येता एवं नीति निर्माताहरूका निम्ति यो रिपोर्टले खतराको घन्टी बजाउने काम गर्नेछ भनेर हामीले आशा गरेका छौं,’ एसेसमेन्ट एन्ड रिसर्च अन चाइल्ड फिडिङ प्रोजेक्टकी प्रमुख अनुसन्धाता डा. एलिसा प्रिस भन्छिन्, ‘यस्ता पाकेटबन्द खानेकुराले विशेषगरी पौष्टिक तत्वको कमी बेहोर्ने गरिब समाजका केटाकेटीको स्वास्थ्य र हुर्काइमा के कस्तो असर परिरहेको छ भनेर थप अनुसन्धान हुनु जरुरी देखिन्छ।’

प्रिसका अनुसार यस्ता खानेकुरालाई चट्किलो बनाउन आम रूपमै बढी गुलियो र नुन प्रयोग गरिन्छ भने अर्कातर्फ खानेकुरामा हुनुपर्ने सूक्ष्म पोषक तत्वहरू यसमा असाध्यै कम हुने गर्छन्। यस किसिमका खानेकुराको प्रचलन पछिल्लो समय विश्वभरि नै व्यापक बन्दै गइरहेको छ।

‘मानिसमा अस्वाभाविक मोटोपनका निम्ति यस्ता पत्रु वा अत्यधिक प्रशोधित खानेकुराको भूमिकामाथि विश्वभर स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाहरूले चासो बढाउदै लगेका छन्,’ प्रिस भन्छिन्, ‘यो अध्ययनले शिशु उमेरमै यी खानेकुराले उनीहरूको शरीरलाई चाहिने पौष्टिक तत्वसमेत पुग्न नदिइरहेको देखाएको छ।’

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ५० बजे

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं

हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्यु

काठमाडौँ– बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य

धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक युगको अन्त्य : मोदी

नयाँ दिल्ली – भारतीय चलचित्र उद्योगका दिग्गज, सदाबहार सुपरस्टार धर्मेन्द्रको

साउदीमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

काठमाडौँ– साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू