‘जंक फुड’ खाने बच्चा होचा पुड्का ! « Khabarhub

‘जंक फुड’ खाने बच्चा होचा पुड्का !


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खानपानका कारण आम मानिसमा आउने समस्या पनि दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । स्वास्थ्यका लागि हानिकारक मानिएका जंक फुडले तत्कालीन र दीर्घकालीन २ प्रकारका असर पार्ने गरेको एक अनुसन्धानबाट पुष्टि भएको छ ।

एक जर्नलमा प्रकाशित भएको रिपोर्ट कै आधारमा बेलायती पत्रिका ‘गार्डियन’ले छापेको समाचारमा प्याकेटका जंक खानेकुराले मानव स्वास्थ्यमा पार्ने प्रभाव उल्लेख गरिएको छ । यो अध्ययनले हाम्रा शिशु उमेरका केटाकेटीले खाने खानेकुरा कम पोषणयुक्त र बढी प्रचारमुखी हुँदै गएको देखाउँछ।

हाम्रा भान्छामै उपलब्ध भिटामिन, खनिज र अन्य पौष्टिक तत्वले भरिएका खानेकुरा छाडेर बिस्कुट, कुरकुरे, तयारी चाउचाउ र गुलियो मिसाइएका पेयहरू बढी मात्रामा खुवाउँदा केटाकेटीको हुर्काइमै असर पर्ने अध्ययनकर्ताहरूको ठहर छ।

पौष्टिकतासम्बन्धी जानकारी दिने जर्नल ‘न्यूट्रिसन’मा यो अध्ययन प्रकाशित भएको थियो। पत्रु खानेकुराहरूले कसरी संसारभरि बालबालिकामा अस्वाभाविक मोटोपन बढाउनुका साथै शारीरिक विकासमा असर पारिरहेको विस्तृत विवरण उक्त रिपोर्टमा छापिएको थियो।

काठमाडौं उपत्यकाभित्र १२ देखि २३ महिनाका ७ सय ४५ केटाकेटीको परिवारमा गरिएको अध्ययनले यो तथ्यांक देखाएको हो। कम आय भएका मुलुकमा यस्ता खानेकुरा केटाकेटीलाई खुवाउँदा उनीहरूको पौष्टिकतामा के कस्तो प्रभाव पर्छ भन्ने जाँच्न काठमाडौंमा यो अध्ययन गरिएको थियो। यसका अनुसन्धाता विश्वभर फैलिएको स्वास्थ्य संगठन ‘हेलन केलर इन्टरनेसनल’सँग आबद्ध छन्।

उनीहरूले अध्ययन गरेका सम्पूर्ण बालबालिकाले यस्ता पत्रु खाना खाने गरेको पाइएको थियो। त्यसैगरी कसैकसैको खपत मात्रा अत्यधिक भेटिएको थियो। शरीरलाई चाहिने क्यालोरीको आधा हिस्सा यस्ता अत्यधिक गुलियो, नुनिलो र चिल्लो खानेकुराबाट प्राप्त गरेका केटाकेटी उस्तै उमेरका थोरै पत्रु खानेकुरा खाने केटाकेटीका तुलनामा होचा पाइएका थिए। केटाकेटीको शरीर विकासमा आवश्यक प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन ए र जिंकको मात्रा त्यस्ता कम पोषणयुक्त खानेकुरा ग्रहण गरिरहेका केटाकेटीमा थोरै पाइएको थियो।

‘अध्येता एवं नीति निर्माताहरूका निम्ति यो रिपोर्टले खतराको घन्टी बजाउने काम गर्नेछ भनेर हामीले आशा गरेका छौं,’ एसेसमेन्ट एन्ड रिसर्च अन चाइल्ड फिडिङ प्रोजेक्टकी प्रमुख अनुसन्धाता डा. एलिसा प्रिस भन्छिन्, ‘यस्ता पाकेटबन्द खानेकुराले विशेषगरी पौष्टिक तत्वको कमी बेहोर्ने गरिब समाजका केटाकेटीको स्वास्थ्य र हुर्काइमा के कस्तो असर परिरहेको छ भनेर थप अनुसन्धान हुनु जरुरी देखिन्छ।’

प्रिसका अनुसार यस्ता खानेकुरालाई चट्किलो बनाउन आम रूपमै बढी गुलियो र नुन प्रयोग गरिन्छ भने अर्कातर्फ खानेकुरामा हुनुपर्ने सूक्ष्म पोषक तत्वहरू यसमा असाध्यै कम हुने गर्छन्। यस किसिमका खानेकुराको प्रचलन पछिल्लो समय विश्वभरि नै व्यापक बन्दै गइरहेको छ।

‘मानिसमा अस्वाभाविक मोटोपनका निम्ति यस्ता पत्रु वा अत्यधिक प्रशोधित खानेकुराको भूमिकामाथि विश्वभर स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाहरूले चासो बढाउदै लगेका छन्,’ प्रिस भन्छिन्, ‘यो अध्ययनले शिशु उमेरमै यी खानेकुराले उनीहरूको शरीरलाई चाहिने पौष्टिक तत्वसमेत पुग्न नदिइरहेको देखाएको छ।’

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ५० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी