बाजुरामा जीप दुर्घटना, २ जनाको मृत्यु | Khabarhub Khabarhub

बाजुरामा जीप दुर्घटना, २ जनाको मृत्यु


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको जीप जगन्नाथ गाउपालिका–५ भुँका खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालक र एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबैजना मुगुका रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको स्थानीय लक्ष्मण जोशीले बताए ।

उनका अनुसार घाइते हुनेमा ८ जना मुगुका, १ जना बाजुराको स्वामीकार्तिक गाउँपालिकाका र २ जना जगन्नाथ गाउँपालिका–५ गोत्रीका रहेका छन् । एक जना भने सामान्य घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । हालै निर्माण भएको कर्णाली करिडोरको सो कच्ची बाटोमा जीप र ट्याक्टर चल्ने गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १० : ३४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा