मलेसियामा अवैध बसेका विदेशी कामदारलाई आममाफी « Khabarhub

मलेसियामा अवैध बसेका विदेशी कामदारलाई आममाफी


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसिया सरकारले अवै रुपमा बसिरहेका विदेशी कामदारलाई आममाफीको घोषणा गरेको छ । उक्त आममाफी आगामी महिना (अगष्ट १) देखि डिसेम्वर ३१ सम्म हुने मलेसियाली अनलाइन द स्टार गृहमन्त्रालय उदृत गदै जनाएको छ । द स्टारका अनुसार मलेसियाको गृहमन्त्रालयले अवैध रुपमा बसेका आप्रवासी कामदारलाई आममाफीको समय दिएको हो ।

अवैधानिक रुपमा मलेसियामा बसिरहेका विदेशी कामदारलाई आममाफीमा सहभागि हुने गृह मन्त्रालयलाई अपिल गरेको समाचारमा जनाइएको छ ।
गृहमन्त्री मुहिद्धिन यासिनले यसरी स्वदेश फर्किन चाहनेहरुले केवल ७ सय रिंगिट रकम तिरेर स्वदेश फर्किन पाउनेछन् । यसका लागि सम्वन्धित व्यक्तिले आफ्नो मुलुकको दूतावासले जारी गरेको ट्राभल डकुमेण्ट तथा राहदानी लिएर आवेदन लिन आग्रह गरेका छन् । यसरी आवदेन दिएका कामदारले ७ दिन भित्रमा स्वदेश सक्ने छन् ।

मन्त्रालयद्धारा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री यासिनले अवैधानिक व्यक्तिलाई स्वदेश फर्काउने कार्य केवल अध्यागमन विभागको जिम्मेवारी रहेको र यसमा कुनै एजेण्टको भूमिका नरहने प्रष्ट पारेका छन् । आममाफीमा सहभागि नहुने विदेशी कामदारलाई कालोसूचीमा राख्ने समेत चेतवानी दिएको छ ।

मलेसिया सरकारले अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदार भइको क्षेत्रमा तीव्र धरपकड गरिरहेका छ । मलेसिया रोजगारीका गइ करार अवधि सकिएपनि स्वदेश नफर्की रोजगारदाता कम्पनीकै शरण लिएर करिब ३३ लाख विदेशी अवैधमा रुपमा बसीरहेको त्यहाँ अध्यगमन विभागले बताउदै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १० : ५० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते