बाजुरा जीप दुर्घटना अपडेटः मृतक दुबै जनाको पहिचान खुल्यो | Khabarhub Khabarhub

बाजुरा जीप दुर्घटना अपडेटः मृतक दुबै जनाको पहिचान खुल्यो


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुरामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप जगन्नाथ गाउपालिका–५ भुँकाखोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । बोगटी जीपका चालक हुन् ।

चालकसहित १५ जना सवार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्य ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको छ भने सामान्य घाइतेहरुको कोल्टी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा ८ जना मुगुका, १ जना बाजुराको स्वामीकार्तिक गाउँपालिकाका र २ जना जगन्नाथ गाउँपालिका–५ गोत्रीका रहेका छन् । हालै निर्माण भएको कर्णाली करिडोरको सो कच्ची बाटोमा जीप र ट्याक्टर चल्ने गरेका छन् ।

तस्वीर- लक्ष्मण जोशी

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ११ : ३४ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।