वीरेन्द्र बहुमुखी क्याम्पसका सहायक प्रमुखको कोठामा विद्यार्थी नेताले आगो लगाएपछि… « Khabarhub

वीरेन्द्र बहुमुखी क्याम्पसका सहायक प्रमुखको कोठामा विद्यार्थी नेताले आगो लगाएपछि…


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।

क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कुर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ ।

बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो ।

सो क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले आज आगजनी र तोडफोड गरेका अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष लीलाराम पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : १५ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार