सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानून ल्याउन माग | Khabarhub Khabarhub

सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानून ल्याउन माग


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले सेवाग्राहीको काममा ढिलाइ गर्ने सरकारी कर्मचारीलाई कडा कारबाही गरिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।
सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्नेगरी कानून व्यवस्था गरिनुपर्ने सांसदहरुको माग छ ।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा सांसदहरुले कर्मचारीलाई कडा कारबाही गर्ने गरी कानून ल्याउन माग गरेका हुन्  ।
‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै सांसदद्वय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
सत्तारुढ दल नेकपाका सांसद झपट रावलले समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढि सास्ती व्यहोर्नुपर्ने अवस्था आउने बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कारबाही हुने व्यवस्था नभएकाले मुलुक भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गरेका सांसद कँडेलले अब कानूनमै काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : २९ बजे

वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय

काठमाडौं – महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले

जाँचबुझ आयोगद्वारा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन

कञ्चनपुर – गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा

ट्रम्प-सी भेटवार्ता : थामिएला दुई ‘महाशक्ति’ बीचको व्यापार युद्ध ?

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति

स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह

बेइजिङ– चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी