विप्लव समूहले लियो धनगढी बम विस्फोटको जिम्मा « Khabarhub

विप्लव समूहले लियो धनगढी बम विस्फोटको जिम्मा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव नेकपाको सेती–महाकाली ब्यूरोलेका इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै विस्फोटमा परी ज्यान गुमाएका व्यक्ति आफ्नो पार्टीका कार्यकर्ता भएको पुष्टि गरेका छन् ।

यद्यपि, विप्लव नेतृत्को नेकपाका कैलाली इञ्चार्जले भने बम विस्फोटमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको दाबी गरेका थिए ।

उनको दाबी गलत सावित हुने गरी विप्लव नेकपाका सेती–महाकाली ब्यूरो इञ्चार्जले बम विस्फोटमा ज्यान गुमाउने व्यक्ति रामबहादुर सिंह ‘आजेश) पार्टीको कार्यकर्ता भएको पुष्टि गरेका छन् ।

विप्लव नेकपाको सेती–महाकाली ब्यूरोद्वारा जारी विज्ञप्तीमा सिंहले आत्म सुरक्षाका लागि विस्फोटक पदार्थ बोकेको जिकिर गरिएको छ ।

बिहीबार साँझ धनगढी उपमहानगरपालिका–४ शहीदगेटस्थित निलम होटलमा बम विस्फोट हुँदा ५ जना घाइते भएका थिए । घाइतेमध्ये बझाङ घर भएका सिंहको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो ।

विस्फोटमा परी होटल सञ्चालक केशव पाण्डे, होटलमा खाजा खाइरहेका जितेन्द्र यादव र मोविन खान तथा अन्य एक लक्ष्मण सेरला घाइते भएका थिए ।

उनीहरुको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते रहेका सेरेला र मृतक सिंह मोटरसाइकल चढेर होटेलमा आएका थिए । झोलामा बोकेको बम भित्तामा ठोक्किएपछि विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले घटनास्थलबाट गोली लोड गरिएको पेस्तोल र मोटरसाइकल बरामद पनि गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : ०६ बजे

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख