यसकारण सर्‍यो प्रभासको फिल्म ‘साहो’ को रिलिज डेट « Khabarhub

यसकारण सर्‍यो प्रभासको फिल्म ‘साहो’ को रिलिज डेट


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पछिल्लो समय चर्चामा रहेको फिल्म ‘साहो’ को रिलिज मितिमा हेरफेर भएको छ । पहिले फिल्म आउँदो अगस्त १५ मा रिलिज हुने भनिएको थियो । अब भने १५ दिन पछाडि धकेलिएको निर्माण टिमले बताएको छ ।

अगस्त १५ मा बलिउडमा अन्य २ ठूला फिल्म पनि रिलिज हुँदैछन् । जोन अब्राहमको फिल्म ‘बाटला हाउस’ र अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ १५ अगस्तमा रिलिज हुँदैछन् । जसकारण प्रभास अभिनित फिल्म ‘साहो’ को रिलिज मितिमा हेरेफेर गरिएको हो ।

‘साहो’ टिमले सामाजिक सञ्जालमा एक नोटिस जारी गर्दै रिलिज मितिमा परिवर्तन गरिएको बताए । यो फिल्म ३० अगस्तमा रिलिज हुनेछ ।

लामो समयदेखि प्रतीक्षित यो फिल्म पछाडि धकेलिएपछि फ्यानलाई अझै लामो समय कुर्नुपर्ने भएको छ । फिल्ममा ‘बाहुबली’ स्टार प्रभास र श्रद्धा कपूरले जोडी बाँधेका छन् भने नील नितिन मुकेश, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

यो फिल्म हिन्दी, तेलुगू र तमिल भाषामा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : २१ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ