बिकिनी अवतारले मात्र धान्ला त प्रियंकाको स्टारडम ? « Khabarhub

बिकिनी अवतारले मात्र धान्ला त प्रियंकाको स्टारडम ?


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नायिका प्रियंका कार्कीले अभिनय गरेका कुनै पनि फिल्मले बक्स अफिसमा व्यापार गर्न सकेका छैनन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘प्रेम दिवस’ नमज्जाले चिप्लियो । यो फिल्म उनका लागि किन पनि विशेष थियो भने, उनी अभिनेता आयुष्मान देशराज जोशीसँग फिल्ममा देखिएकी थिइन् ।

आयुष्मान र प्रियंकाले बिहे गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ । तर, उनीहरुले बिहे गरेका छैनन् । फिल्ममा फ्लप हुँदै गएकी प्रियंका पछिल्लो समय त म्युजिक भिडियोमा पनि खासै जम्न सकेकी छैनिन् ।

उनका फिल्म भटाभट फ्लप भइरहेका बेला पछिल्लो समय प्रियंकाले सामाजिक सञ्जालमा प्रायः बिकिनी तस्वीर अपलोड गरेर दर्शकको ध्यान तान्न खोजेकी हुन्छिन् ।

प्रियंकाले प्रायः इन्स्टाग्राममा आफ्नो बिकिनी अवतार प्रस्तुत गरेकी हुन्छिन् । यसलाई कतिपय फ्यानले त बोल्ड रुप भन्दै तारिफ गरेका छन् । तर, धेरैले भने प्रियंकाको चर्चामा आउने दाउका रुपमा लिएका छन् ।

अभिनय कहिल्यै नसुधार्ने तर सधै चर्चामा आउन चाहने प्रियंकाको अबको करिअर कता जाला, त्यो भने हेर्न बाँकी छ । पक्कै पनि बिकिनी तस्वीरले मात्र नायिकाको क्रेज धानेर राख्ने त होइन होला । अहिले भने फ्यानले सोध्न थालेका छन्, बिकिनीले मात्र धान्ला त क्रेज ?

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : ५७ बजे

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम

भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी

दल र उम्मेदवारका ‘एजेन्डा’मा मतदाताको चासो

काठमाडौं– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा

नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक

काठमाडौं – नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक