वैदेशिक रोजगारीमा जाने महिलामाथि विभिन्न प्रतिबन्ध लगाएर सरकारले विभेद गर्‍यो– मानव अधिकार आयोग | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा जाने महिलामाथि विभिन्न प्रतिबन्ध लगाएर सरकारले विभेद गर्‍यो– मानव अधिकार आयोग


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने महिलामाथि लगाएका सवै प्रतिबन्ध हटाउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई सुझाव दिएको छ ।

रोजगारीको खोजीमा विदेशीने महिलाका हकमा उमेर हद, घरेलु काम र अन्य प्रतिबन्ध लगाएर सरकारले विभेद गरेको आरोप आयोगले लगाएको छ ।

‘आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच’ अनुसन्धान प्रतिवेदनमा प्रतिबन्ध र उमेर हदले महिलामाथि विभेद भइरहेको औल्याएको छ । उमेर हद र घरेलु रोजगारीमा सरकारले प्रतिबन्ध लगाउदाँ अवैधानिक बाटो प्रयोग गर्ने र उनीहरु हिंसामा पर्ने गरेको आयोगको अध्ययनमा भनिएको छ ।

सरकारले ०७२ वैशाखमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२’ मा साउदी, कतार, कुवेत, युएई, ओमन बहराइन, लेबलान र मलेसिया जाने महिला कामदारको उमेर हद २४ बनाएको थियो । यो निर्देशिकाका कारण कम उमेर समुहका महिला अवैध बाटो भएर रोजगारीका लागि विभिन्न देश गइरहेको आयोगले जनाएको छ ।

०७३ चैत ३ देखि सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन रोक नै लगाएको छ । सरकारले नेपालबाट जान रोक लगाएपनि भारत, चीन र बंगलादेश हुँदै महिला खाडी र अन्य देश जाने क्रम जारी रहेको भन्दै आयोगले उक्त प्रतिबन्ध फुकुवा गर्न सरकारलाई आयोगले सुझाव दिएको छ ।

वैदेशिक रोजगारीका लागि महिलामाथि लगाइएको उमेर हद र प्रतिबन्ध हटाउन र सुरक्षित र मयादित रुपमा रोजगारीमा पठाउने व्यवस्था गर्नपर्ने आयोगका सदस्य सुदिप पाठकले बताएका छन् ।

उमेर हद तथा प्रतिबन्ध लगाउँदा सरकारले महिलाहरुलई शोषण, हिंसा र असुरक्षीत बाटो भएर रोजगारीमा गइरहेको उनले बताए । महिला रोजगारीका नाममा भइरहेको ओसारपसारमा सरकारी कर्मचारीकै संलग्नता रहेको आयोगको भनाइ छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ३ : ४६ बजे

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

काठमाडौं- अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

काठमाडौं– प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको

अन्तरिम सरकारमा पहिलो जेन-जी, २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता

काठमाडौं– अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ

खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालयको बैठक लाइभ गर्ने (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका

वीरगन्जका बजारमा छठ पर्वको तयारी, सर्वसाधारणको भिडभाड (तस्बिरहरू)

काठमाडौं– विशेष गरी मधेशका हिन्दुहरूको महान् पर्व छठ दोस्रो दिन