भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी पक्राउ « Khabarhub

भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारत उत्तर प्रदशमा कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धलाई हिरासतमा लिइएको छ ।

उत्तर प्रदेशको सोनभद्र जिल्लामा १० जनाको ज्यान जानेगरी भएको जग्गासम्बन्धी विवादबारे जानकारी लिन तथा घाइतेहरुलाई भेट्न त्यसतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनास्थल तर्फ हिँडेकी गान्धीलाई मिर्जापुरमा रोक लगाइएको थियो । त्यसपछि उनी रोकिएकै स्थलमा धर्नामा बसेकी थिइन् । सोही कारण उनलाई हिरासतमा लिइएको जनाइएको छ ।

१० जनाको ज्यान जानेगरी भएको जग्गासम्बन्धी विवादका कारण सोनभद्र जिल्लाको अवस्था आतंकित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने विवादका लागि यसअघिको कांग्रेस सरकारलाई दोष दिएका छन् । मुख्यमन्त्री आदित्यनाथले कांग्रेसको शासन कालमा वनवासीको जमिन एक सोसाइटीको नाममा दर्ता गरिएको बताए ।

मुख्यमन्त्री योगीले घटनाको छानबिनका लागि तीन सदस्यीय छनाबिन समिति गठन गरिएको र तीन दिनभित्रै प्रतिवेदन आउने बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ४ : १८ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र