स्मिताको गीतमा बिजु र आँचलको रोमान्स (भिडियो) « Khabarhub

स्मिताको गीतमा बिजु र आँचलको रोमान्स (भिडियो)


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्मितालाई गायनमा आशिष अविरलको समेत स्वर सुन्न सकिन्छ ।

यस्तै गीतमा शब्द एकनारायण भण्डारीका छन् । गीतलाई गायक आशिषले नै कम्पोज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा आँचल शर्मा र बिजु पार्कीसँगै स्मितालाई पनि देख्न सकिन्छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै खानेपानी मन्त्री बिना मगरले स्मितालाई सफलताको शुभकामना दिइन् । नाताले बिना मगर स्मिताको माइजु हुन् । कार्यक्रममा प्रचण्डपुत्री रेणु दाहाल, कलाकार जितु नेपाल लगायत उपस्थित थिए ।

‘हाम्रो परिवारको सबै राजनीतिमै छौँ तर उनले छुट्टै बाटो रोजेकी छिन्’ मन्त्री मगरले भनिन्, ‘उनले निकै मेहनत गरिरहेकी छिन् र उनलाई सफलता मिल्नेमा दुई मत छैन ।’

गायिका स्मिताले यो गीत तयार पार्न झन्डै एक वर्ष समय लागेको बताइन् । स्मिताले आगामी दिनमा सबै किसिमको गीत बजारमा ल्याउने पनि बताइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : ३३ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी