चेम्बरद्वारा ‘सर्टिफिकेट अफ ओरिजिन’को अनलाईन पद्धति संचालन « Khabarhub

चेम्बरद्वारा ‘सर्टिफिकेट अफ ओरिजिन’को अनलाईन पद्धति संचालन


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र ( सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन पद्दतिबाट जारी हुने व्यवसथा गरेको छ ।

चेम्बरको सचिवालय काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् ।

यसबाट निकासी प्रर्बद्धन र व्यापार क्रमशः डिजीटाइजेसन हुनुका साथै निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने चेम्बरले अपेक्षा लिएको छ ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा सो नियमनमा बसी जारी हुने आशा एवं विश्वास व्यक्त गरे । भाद्र १ गतेदेखि पूर्ण रुपमा लागू हुने जानकारी दिँदै उनले यो निकासीको महत्वपूर्ण दस्ताबेज भएकोले कति मूल्यमा कुन अवधिमा निकासी भयो लगायतका विषयको अनुगमन गर्न सजिलो हुने बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल इकोनोमि डिजिटल नेपालको अवधारणा अनुरुप नै विदेशी व्यापार जस्तो अत्यन्तै गतिशील क्षेत्रमा अनलाईन सर्टिफिकेट अफ ओरिजिलनको सफ्ट लञ्च हुनु समय सान्र्दभिक रहेको बताए ।

उनले मुलुकको निकासी अभिवृद्धि गर्न र व्यापार घाटा घटाउन कागजातकोे संख्या बढी भयो भन्ने सन्दर्भमा यो अत्यन्तै सकारात्मक भएको बताउँदै यसबाट लागत घट्ने र समयको बचत भई प्रभावकारितामा वृद्धि हुने विश्वास व्यक्त गरे ।

आउदा दिनमा यस्तै निकासीकर्ता सरोकारवालाहरु यसको उपयोग र उपयोगीताबारे तालिमको आयोजना गरी बढी भन्दा बढी निर्यातकर्तालाई छिटोभन्दा छिटो यस प्रणालीमा आबद्ध गर्ने चेम्बरको योजना रहेको छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सहसचिव, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक, चेम्बरका पदाधिकारीहरु, निकासीकर्ताहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ४६ बजे

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने