जलवायु परिवर्तनबारे छलफल गर्न वैज्ञानिकको बैठक काठमाडौँमा « Khabarhub

जलवायु परिवर्तनबारे छलफल गर्न वैज्ञानिकको बैठक काठमाडौँमा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी)को कार्यसमूह–२ का वैज्ञानिकको पाँचदिने बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।

आईपीसीसी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिका लागि वैज्ञानिक निकायका रुपमा काम गर्ने संस्था हो । आईपीसीसी सचिवालयको आयोजना र वन तथा वातावरण मन्त्रालयको सह–आयोजनामा उक्त बैठक भएको हो ।

बैठकमा आगामी सन् २०२२ मा प्रकाशन गर्ने विश्व जलवायु परिवर्तन प्रतिवेदनका एजेण्डामा छलफल भएको थियो । आईपीसीसीले मानवीय व्यवहारका कारण पृथ्वीको तापक्रम र मौसममा आइरहेका परिवर्तन तथा उतारचढावबारे आवधिक रुपमा प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

सन् १९८८ मा स्थापना भएको आईपीसीसीले यसअघि १९९० मा पहिलोपटक विश्व जलवायुसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसपछि सन् १९९७, २००१, २००७ र २०१३ मा प्रतिवेदन सार्वजनिक भएको थियो । छैटौं प्रतिवेदन सन् २०२२ मा सार्वजनिक हुनेछ । आईपीसीसीले विभिन्न १८ विधामा प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । यसपटक नेपालले हिमाली क्षेत्रमा भइरहेका असर, प्रभाव तथा अनुकूलन र न्यूनीकरणका उपायबारे प्रतिवेदनमा समावेश गर्न आग्रह गरेको छ ।

नेपालजस्ता हिमाली र उच्च पहाडी देशका साझा समस्या समेटिने गरी प्रतिवदेनमा उल्लेख गर्न बैठकमा प्रस्ताव राखिएको वन मन्त्रालयका सह–सचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले जानकारी दिए । बैठकमा जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील ६० देशका २६० भन्दा बढी वैज्ञानिकको सहभागिता थियो । उक्त बैठकको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ५९ बजे

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित