नेपाल–भारत सीमा क्षेत्रका २ हजार बढी सीमास्तम्भ गायब « Khabarhub

नेपाल–भारत सीमा क्षेत्रका २ हजार बढी सीमास्तम्भ गायब


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २ हजार बढी सीमास्तम्भ गायब, हराएका सीमास्तम्भको खोजतलास हुँदै शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । नेपाल–भारत सीमा क्षेत्रमा तीन गुणभन्दा बढी सीमास्तम्भ हराएका छन् । ८ हजार ५ सय ५४ सीमास्तम्भमध्ये २ हजार ३ सय ४४ वटा हराएको नापी विभागले जनाएको छ ।

पाठकमाथि अख्तियारबाटै छानविन शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान गर्ने बाटो खुला भएको छ । महान्याधिवक्ताको कार्यालयले अख्तियारलाई कानूनी अप्ठ्यारो नभएको रायसहित पत्र पठाएपछि आयुक्त पाठकमाथि अनुसन्धान गर्न बाटो खुलेको हो ।

त्यस्तै घाइते सीडीओको निधन शीर्षकमा अर्को समाचार छापिएको छ । जीप दुर्घटनमा गम्भीर घाइते भएका बाराका प्रिमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । जीप दुर्घटनाको २२ दिनपछि सोमबार उनको त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा उपचारकै क्रममा निधन भएको हो ।

सरकारले मुलुकभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ । यसअघि गत १५ वैशामा पनि सकारले यस्तो निर्देशन दिएको थियो । पत्रिकाले भेनेजुएलाद्वारा युरोपेली सांसद निष्कासित शीर्षकमा ८ पृष्ठमा समाचार विदेशको समाचारलाई प्राथमिकतामा राख्दै छापेको छ ।

त्यस्तै पत्रिकाले एनजीओको सशक्त अनुगमन आवश्यक शीर्षकमा सम्पादकीय छापेको छ । नेपालमा गैरसरकारी संस्था (एनजीओ)हरुले वार्षिक रुपमा २४ अर्बभन्दा बढी रुपैयाँ भित्र्याउने गरेको भए पनि अधिकांश नेपाली एनजीओले सो रकमको प्रतिफल पाउने नसकेको तथा सामाजिक विकास र सेवाका नखर्चिएको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ०१ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका