आज प्रजातन्त्र दिवस : लोकतन्त्र र गणतन्त्रको जग « Khabarhub

आज प्रजातन्त्र दिवस : लोकतन्त्र र गणतन्त्रको जग


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज (मंगलबार) प्रजातन्त्र दिवस मनाइँदैछ । १०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झना गर्दै ६९ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।

२००७ साल फागुन ७ मा आन्दोलनमार्फत ल्याइएको प्रजातन्त्र नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग भएको नेताहरुले बताएका छन् ।

सरकारले प्रजातन्त्र दिवस ३ दिन मनाउने घोषणा गर्दै आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रजातन्त्र दिवस मूल समारोह समितिले आयोजना गर्ने कार्यक्रममा राट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ ।

समृद्ध नेपाल निर्माणमा सबै अग्रसर हुनुपर्छ

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

उपराष्ट्रपति पुनले दिएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ०२ बजे

पेलेदेखि जिदानसम्म: खेलको शैली बदल्ने विश्वकपका पाँच खेलाडी

विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो, जहाँ खेलाडीहरू केवल ट्रफीका

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै