सर्वोच्चका विवादित न्यायाधीश जोशीद्वारा पदबाट राजीनामा « Khabarhub

सर्वोच्चका विवादित न्यायाधीश जोशीद्वारा पदबाट राजीनामा


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।

न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

चोलेन्द्र शम्शेर राणाले प्रधानन्यायाधीशको पदभार ग्रहण गरेदेखि जिम्मेवारीविहीन बनेका जोशी पछिल्लो समय हाजिर लगाउन मात्रै सर्वोच्च पुग्ने गरेका थिए ।

राणा प्रधानन्यायाधीश हुनु अगाडिसम्म जोशी सर्वोच्चको वरिष्ठतम् न्यायाधीश थिए । जोशीभन्दा पनि ‘कनिस्ट’ राणाले प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाईका क्रममै जोशीलाई जिम्मेवारी नदिने संकेत गरका थिए ।

सुनुवाईका क्रममा सांसदहरुले ‘संसदले अस्वीकृत गरेका व्यक्ति पनि सर्वोच्चमा छन्, के गर्नुहुन्छ’ भनेर प्रश्न गरेका थिए । जवाफमा राणाले आफू संसदीय सर्वोच्चताप्रति प्रतिवद्धत रहने बताएका थिए ।

सुनुवाईका क्रममा गरेको प्रतिवद्धताअनुसार राणाले पदभार सम्हालेकै दिन जोशीलाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए । प्रधानन्यायाधीशको शपथ ग्रहण गरेर आएपछि जोशी राणालाई स्वागत गर्न उनको च्याम्बरमा गएका थिए । राणाले आफ्नो स्वागतकै क्रममा ‘तपाईं मेरो स्कूलदेखि कलेजको पनि साथी हो । अब मलाई सहयोग गर्नुहोस्’ भनेका थिए ।

तर, जोशीले भने तत्काल राजीनामा नदिने संकेत गरेका थिए । पछि केही दिन घरबिदा बसेका जोशी पुनः सर्वोच्चमा हाजिर हुन गएका थिए ।

जोशीले राजीनामा दिने संकेत नदेखिएपछि राणाले उनको चेम्बरसमेत खोस्न लगाएका थिए । जोशी वरिष्ठतम् न्यायाधीशको रुपमा १ नम्बर इजलाशको चेम्बरमा बस्दै आएका थिए । तर, पुस १९ गतेदेखि राणाले जोशीको च्याम्बर एनेक्स भवनमा सारिएको थियो ।

ओमप्रकाश मिश्र प्रधानन्यायाधीश हुँदासम्म जोशी सर्वोच्चको वरिष्ठतम् न्यायाधीशको रुपमा न्याय परिषदको सदस्य समेत थिए । तर, राणा प्रधानन्यायाधीश भएपछि जोशीलाई परिषदको एउटा वैठकमा समेत बोलाइएन् ।

सर्वोच्चका सम्पूर्ण जिम्मेवारी खोसिएपछि अन्नतः जोशीले मंगलवार पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिए पछि खबरहबसँगको कुराकानीका क्रममा जोशीले भने, ‘मेरो बेन्च समेत खोसियो, चेम्बर खोसियो । बस्ने ठाउँ नै पाएन ।’

जोशीले आफूले सर्वोच्चमा रहँदा अझ अपमान सहनुपर्ने भएकाले राजीनामा दिएको पनि बताए । ‘मलाई पछिल्लो समय न्याय परिषदको वैठकमा समेत बोलाउन छाडियो । अत्यन्तै अपमानित महसूस भयो । त्यहि भएर राजीनामा दिएको हुँ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : १६ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार