२१ वर्षमुनिको नेपाली टोली गुवाहाटीमा, पहिलो खेल मेघालयसँग « Khabarhub

२१ वर्षमुनिको नेपाली टोली गुवाहाटीमा, पहिलो खेल मेघालयसँग



भारत/ गुवाहाटी– भारतको गुवाहाटी हुने डा.टी आओ फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको खेल तालिकामा एन्फा यु—२१ टोली समूह बीमा परेको छ ।

प्रतियोगितामा नेपालसहित ११ टोलीले सहभागीता जनाएका छन् । प्रतियोगितामा ८ भारतीय प्रादेशीक टोली रहेका छन् भने नेपाल, भुटान र बंगलादेशको यु—२१ टोलीले सहभागीता जनाएका छन् ।

११ टीम रहेको प्रतियोगिताको पोल ‘ए’ मा घरेलु टोली आसाम, अरुणाअञ्चल, भुटान , सिक्कीम र बंगलादेश रहेका छन् ।

यस्तै, पोल ‘बी’ मा नेपालसहित भातीय प्रादेशीक टिमहरु नागालयान्ड, मेघालय, मिजोरम, मनिपुर र त्रिपुरा रहेका छन् । १० दिनसम्म चल्लने प्रतियोगिताका खेलहरु गुहाटीस्थित साई रंगशाला र एलएनआईपी रंगशालामा हुनेछन् ।

नेपालले आफ्नो पहिलो खेल फ्रेब्रुअरी २० मा भारतीय प्रादेशीक टोेली मेघालयसँग गुवाहाटीस्थित एलएनआईपी रंगशालामा खेल्नेछ । त्यस्तै, दोस्रो खेल २२ तारिखमा नेपालले त्रिपुरासँग खेल्नेछ । दुवै खेल दिउँसो साढे १ बजे एलएनआईपी रंगशालामा हुनेछ ।

शुक्रबार अर्थाात् २२ फ्रेब्रुअरीमा एन्फा टोलीले आराम गर्नेछ भने २३ तारिखमा मनिपुरसँग साई रंगशालामा साढे ४ बजे प्रतिस्पर्धा गर्नेछ । यस्तै, २४ तारिखमा एन्फा टोलीले मिजोरमसँग दिउँसो साढे ४ बजे नै प्रतिस्पर्धा गर्नेछ भने लिग चरणको अन्तिम खेलमा एन्फा टोलीले २५ तारिखमा एलएनआईपी रंगशालामा साढे ४ बजे नै प्रतिस्पर्धा गर्नेछ ।

दुबै पोलका विजेता र उपविजेता टोली लिगको नकआउट चरणमा स्थान बनाउने छन् । पोल ए को विजेताले पोल बि को उपविजेतासँग सेमिफाइनल २७ तारिखको पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन् भने पोल बि को विजेताले पोल ए को उपविजेतासँग २७ ताखिमै हुने दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् भने दुवै खेल साइृ रंगशालमा हुनेछन् । प्रतियोगिताको फाइनल २८ तारिखमा साई रंगशालामा हुनेछ । प्रतियागिताको विजेताले ८ लाख भारतीय रुपौया पाउने आयोजकले जानकारी दिएको छ ।

एन्फा टोली प्रतियोगिताको ट्रफी उचाल्ने लक्ष्यमा रहेको टोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले बताए ।“हाम्रो टिम सन्तुलित छ । खेलाडीहरुले राम्रो गर्ने विश्वास लिएका छौं,” प्रशिक्षक श्रेष्ठले अगाडि भने,“पहिले पनि यस प्रतियोगिताका केही खेलाडीले खेलीसकेकाले यो प्रतियोगितामा लक्ष्य पुरा गर्न सहज हुनछ ।”

नेपाली टोली 

गोलकिपर : सुजित गुरुङ, विष्णु कुमार केसी, सूर्य अधिकारी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिप पौडेल, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, अरुज सिंह, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ, प्रेजन तामाङ
व्यवस्थापक : राजेश मान्नधर
मुख्य प्रशिक्षक : चेत नारायण श्रेष्ठ
सहायक प्रशिक्षक : सल्यान खड्गी
गोलकिपिङ प्रशिक्षक : छन्नुराम चौधरी
फिजियो : कृतन श्रेष्ठ

 

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : ४५ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी