२१ वर्षमुनिको नेपाली टोली गुवाहाटीमा, पहिलो खेल मेघालयसँग « Khabarhub

२१ वर्षमुनिको नेपाली टोली गुवाहाटीमा, पहिलो खेल मेघालयसँग



भारत/ गुवाहाटी– भारतको गुवाहाटी हुने डा.टी आओ फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको खेल तालिकामा एन्फा यु—२१ टोली समूह बीमा परेको छ ।

प्रतियोगितामा नेपालसहित ११ टोलीले सहभागीता जनाएका छन् । प्रतियोगितामा ८ भारतीय प्रादेशीक टोली रहेका छन् भने नेपाल, भुटान र बंगलादेशको यु—२१ टोलीले सहभागीता जनाएका छन् ।

११ टीम रहेको प्रतियोगिताको पोल ‘ए’ मा घरेलु टोली आसाम, अरुणाअञ्चल, भुटान , सिक्कीम र बंगलादेश रहेका छन् ।

यस्तै, पोल ‘बी’ मा नेपालसहित भातीय प्रादेशीक टिमहरु नागालयान्ड, मेघालय, मिजोरम, मनिपुर र त्रिपुरा रहेका छन् । १० दिनसम्म चल्लने प्रतियोगिताका खेलहरु गुहाटीस्थित साई रंगशाला र एलएनआईपी रंगशालामा हुनेछन् ।

नेपालले आफ्नो पहिलो खेल फ्रेब्रुअरी २० मा भारतीय प्रादेशीक टोेली मेघालयसँग गुवाहाटीस्थित एलएनआईपी रंगशालामा खेल्नेछ । त्यस्तै, दोस्रो खेल २२ तारिखमा नेपालले त्रिपुरासँग खेल्नेछ । दुवै खेल दिउँसो साढे १ बजे एलएनआईपी रंगशालामा हुनेछ ।

शुक्रबार अर्थाात् २२ फ्रेब्रुअरीमा एन्फा टोलीले आराम गर्नेछ भने २३ तारिखमा मनिपुरसँग साई रंगशालामा साढे ४ बजे प्रतिस्पर्धा गर्नेछ । यस्तै, २४ तारिखमा एन्फा टोलीले मिजोरमसँग दिउँसो साढे ४ बजे नै प्रतिस्पर्धा गर्नेछ भने लिग चरणको अन्तिम खेलमा एन्फा टोलीले २५ तारिखमा एलएनआईपी रंगशालामा साढे ४ बजे नै प्रतिस्पर्धा गर्नेछ ।

दुबै पोलका विजेता र उपविजेता टोली लिगको नकआउट चरणमा स्थान बनाउने छन् । पोल ए को विजेताले पोल बि को उपविजेतासँग सेमिफाइनल २७ तारिखको पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन् भने पोल बि को विजेताले पोल ए को उपविजेतासँग २७ ताखिमै हुने दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् भने दुवै खेल साइृ रंगशालमा हुनेछन् । प्रतियोगिताको फाइनल २८ तारिखमा साई रंगशालामा हुनेछ । प्रतियागिताको विजेताले ८ लाख भारतीय रुपौया पाउने आयोजकले जानकारी दिएको छ ।

एन्फा टोली प्रतियोगिताको ट्रफी उचाल्ने लक्ष्यमा रहेको टोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले बताए ।“हाम्रो टिम सन्तुलित छ । खेलाडीहरुले राम्रो गर्ने विश्वास लिएका छौं,” प्रशिक्षक श्रेष्ठले अगाडि भने,“पहिले पनि यस प्रतियोगिताका केही खेलाडीले खेलीसकेकाले यो प्रतियोगितामा लक्ष्य पुरा गर्न सहज हुनछ ।”

नेपाली टोली 

गोलकिपर : सुजित गुरुङ, विष्णु कुमार केसी, सूर्य अधिकारी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिप पौडेल, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, अरुज सिंह, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ, प्रेजन तामाङ
व्यवस्थापक : राजेश मान्नधर
मुख्य प्रशिक्षक : चेत नारायण श्रेष्ठ
सहायक प्रशिक्षक : सल्यान खड्गी
गोलकिपिङ प्रशिक्षक : छन्नुराम चौधरी
फिजियो : कृतन श्रेष्ठ

 

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : ४५ बजे

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका