रोजगारी खोज्दै साढे ४१ हजार नेपाली विदेसिए « Khabarhub

रोजगारी खोज्दै साढे ४१ हजार नेपाली विदेसिए


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारी खोज्दै माघ महिनामा साढे ४१ हजार नेपाली विदेसिएका छन् । माघ महिनामा संस्थागत (म्यानपावर कम्पनीमार्फत) र व्यक्तिगत श्रम स्वीकृति लिएर साढे ४१ हजार नेपाली वैदेसिक रोजगारीमा गएका छन् । माघ महिनामा संस्थागत रुपमा वैदेशिक रोजगारीमा १८ हजार ४ सय जना र व्यक्तिगतमार्फत २३ हजार ७ जनासहित ४१ हजार ५ सय ६० जना नेपाली विदेसिएका छन् ।

चालू आर्थिक वर्षको पुस महिनाको तुलनामा माघ महिनामा संस्थागत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा बढेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

पुस महिनामा १७ हजार ८ सय ३० संस्थागत रुपमा श्रम स्वीकृति लिएर कामको खोजीमा बाहिरएका थिए । गत मंसिर महिनामा १७ हजार ३ सय ७१ जना कामदार संस्थागत रुपमा वैदेसिक रोजगारीमा गएका थिए । गत वर्ष माघ महिनामा संस्थागत रुपमा १८ हजार ५ सय ५९ जना युवा युवती वैदेसिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको विभागका महानिर्देशक दिलिपकुमार चाँपगाईले जानकारी दिए । रोजगारीबाट फर्किएका युवा देशभित्र उद्यम र व्यवसायतिर लागेकाले रोजगारीको खोजीमा विदेशिनेको संख्यामा कमी आएको उनको भनाई छ ।

पुस महिनाको तुलनमा माघ महिनामा समग्र रुपमा रोजगारीमा खोजीमा जानेका संख्यामा कमी आएको छ । गत महिना ५० हजार १ सय ६८ जना संस्थागत र व्यक्तिगत विदेशिएको विभागको तंथ्याकमा छ ।

बन्द भएको मलेसिया माघ महिनामा संस्थागत रिईन्ट्रीका माध्यमबाट २ हजार ५ सय ६९ जना रोजगारीका लागि गएका छन् । माघ महिनामा यस आर्थिक वर्षका अघिल्ला महिनामा जस्तै सबैभन्दा धेरै नेपाली कामदार संस्थागत रुपमा कतार गएका छन् । मलेसियामा रोजगारी बन्द भएपछि कतार जानेको संख्या सबैभन्दा बढी देखिएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको माघ महिनाको तथ्यांक अनुसार माघमा ५ हजार ८ सय ६५ जना कतार गएका छन् । पुसमा कतार जानेको संख्या ६ हजार एक सय ८६ थियो । गत महिनाको तुलनामा कतार जाने संस्थामा घटेको छ । मंसिर महिनामा ६ हजार ७ सय ६० जना कतार गएका थिए । कतारपछि युएई दोस्रो आकर्षक गन्तव्यका रुपमा देखिएको छ । माघ महिनामा ४ हजार ७ सय १० जना यूएई गएका छन् ।

पुस महिनामा ४ हजार ६ सय ६० जना यूएई गएका थिए । माघमा तेस्रो स्थानको गन्तव्य साउदी अरब रहेको छ । उक्त मुलुक जानेको संख्या ३ हजार ८ सय ३६ छ ।

कुवेत, बहराईन, टर्की, पोल्याण्ड, ओमान, जोर्डन, माल्टा, मकाउ र हङकङमा करिब एक हजार गएको विभागको तंथ्याकमा उल्लेख छ । चालु आर्थिक सुरु भएको ७ महिनामा करिब २ लाख युवा युवती वैदेशिक रोजगारीमा गएको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  १ : १५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक