नेपालमा रहेका बलिउड गायक सोनु निगम अस्पताल भर्ना | Khabarhub Khabarhub

नेपालमा रहेका बलिउड गायक सोनु निगम अस्पताल भर्ना


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सिने उद्योग बलिउडका चर्चित गायक सोनु निगम काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

केही दिन अघि नेपाल आएका निगमको ढाडको मांशपेसीमा समस्या देखिएपछि मंगलबार नर्भिक अस्पतालमा भर्ना भएका हुन् । गायक निगमको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनको उपचारमा संलग्न डाक्टर प्रवीण नेपालले खबरहबलाई बताए ।

‘कम्मर दुखेर, आज दिउँसो २ बजेतिर अस्पतालमा आउँनुभएको हो । हामीले दुखाइ कम हुने औषधि दिएका छौं, स्वास्थ्य अस्वस्था सामान्य नै छ,’ उनले भने, ‘एक्सरेको रिपोट आउन बाँकी छ, रिपोट आएपछि सामान्य अवस्था भएका डिस्चार्ज गर्छौं ।’

पोखरामा रहेका निगमलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार काठमाडौंस्थित नर्भिक अस्पताल ल्याइएको थियाे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  २ : ५२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास