भक्तजनको दक्षिणाबाटै श्रीमहादेव नारायण पार्क ! « Khabarhub

भक्तजनको दक्षिणाबाटै श्रीमहादेव नारायण पार्क !


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार श्री स्वस्थानी व्रतको समाप्तिको दिन भएकाले साँखुस्थित साली नदीमा श्रद्धालु भक्तजनको निकै भीड थियो । कोही पुजाआराधना गर्दै थिए, कोही लाइनमा उभिइरहेका थिए त कोही पोखरीको चिसो पानीमा नुहाउँदै ।

एक महिनासम्म लागेको साली नदी मेला अवधिभर २० लाख बढी भक्तजनहरुले मेलाको अवलोकन गरेको मेला व्यवस्थापन समितिका उपाध्यक्ष द्वारिकानाथ श्रेष्ठले जानकारी दिए ।

हरेक वर्षमा एक पटक लाग्ने साली नदी मेलामा काठमाडौं उपत्यकाका भक्तजनमात्र नभएर अन्य जिल्लाबाट पनि ठूलो संख्यामा आउने गर्छन् । सिन्धुपाल्चोक जलविरेदेखि साली नदी दर्शनकै लागि आएकी अप्सरा खड्का भन्छिन्, ‘स्वस्थानीको व्रत बसेकी थिएँ, मनोकामना पूरा हुन्छ भन्ने विश्वासका साथ आएकी हुँ ।’

दक्षिणाबाट उठेको रकमले पार्क

सालीनदीको मेला अवलोकन तथा पूजाआराधना गर्न आउने भक्तजनको सहजतालाई मेला व्यवस्थापन समितिले ‘श्रीमहादेव नारायण पार्क’ निर्माणको कामलाई पनि तीव्रता दिएको छ ।

पार्क निर्माणका लागि यो वर्ष श्रद्धालु भक्तजनकले गरेको दान दक्षिणाबाट झण्डै १ करोड माथि रकम संकलन भएको हुनसक्ने समितिका उपाध्यक्ष द्वारिकानाथ श्रेष्ठले बताए । खबरहबसँग कुरा गर्दै उनले भने, ‘स्वस्थानी व्रत सम्पन्न भइसकेपछि मात्र संकलित रकमको हिसाब–किताब गरिन्छ, जे होस् दैनिकजसो ५ हजार मानिस आवतजावत गरिरहेका थिए । त्यसमध्ये ३ हजार जतिले आर्थिक सहयोग पनि गरेका छन् ।’

सालीनदीको छेउमा रहेको २४ रोपनी जग्गा घेरावार गरी राखिएको बताउँदै उनले भने, ‘गुरुयोजना अनुसार पार्क निर्माणको काम अघि बढेको छ, पार्क निर्माण पूरा हुनका लागि अझै ३ करोड रुपैयाँ लाग्ने अनुमान छ ।’

त्यसो त समितिले पार्क निर्माणका लागि गत वर्षदेखि नै आर्थिक संकलन गरेको थियो । मेलाबाट गत वर्ष १ करोड रकम संकलन भएको व्यवस्थापन समितिले जानकारी दिएको हो ।

गत वर्ष संकलित रकमले पार्कको कम्पाउन्ड वाल, नदी छेउमा झरना, हाइड्रोपावरका लागि नहर र मन्दिर वरिपरी सिढी बनाएको र त्यसमध्ये अब १८ लाख रकम बाँकी रहेकोे समितिका उपाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ५ : ०६ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- राजनीतिक दललाई दोषि देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय