सल्यानका तत्कालीन एलडीओसहित १८ विरुद्ध ५१ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

सल्यानका तत्कालीन एलडीओसहित १८ विरुद्ध ५१ लाखको भ्रष्टाचार मुद्दा


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला विकास समिति सल्यानका स्थानीय विकास अधिकारी (एलडिअ‍ो) सहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सल्यानको बागचौर नगरपालिका–५ बाङ्गेलाँकुरी बजारमा विद्युत लाइन विस्तारका लागि सांसद विकास कोष र साविक शिवरथ गाविसबाट प्राप्त भएको रकम हिनामिना गरेको भन्दै अख्तियारले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बाङ्गेलाँकुरी बजारमा विद्युत लाइन विस्तार गर्न सांसद विकास कोषबाट १० लाख र शिवरथ गाविसबाट ५ लाख प्राप्त भएको थियो । तर, विद्युत लाइनका लागि ५ लाख मात्रै खर्च गरी बाँकी १० लाख रुपैयाँ हिनामिना भएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार विद्युत लाइन विस्तारका लागि गठित समितिका अध्यक्ष ईन्द्रबहादुर भण्डारी, सचिव विरेन्द्र ओली र कोषाध्यक्ष त्रिपुरा वलीको मिलेमतोमा नक्कली कागजात बनाएर १० लाख हिनामिना भएको थियो ।

अख्तियारले उक्त अनियमितता प्रकरणमा संलग्न रहेको भन्दै तत्कालीन जिल्ला विकास समिति सल्यानका स्थानीय विकास अधिकारी (एलडीओ) खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन एलडीओ रायमाझीविरुद्ध ५ लाख १४ हजार १ सय ३५ रुपैयाँ ९३ पैसा बिगो तथा जरिवाना र ३ महिनादेखि ३ वर्ष कैद सजाय माग गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख जिल्ला इन्जिनियर जगदिश शर्मा, लेखा अधिकृत प्रकाश केसी, नायव सुब्बा जीवराम केसी, साविक जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर कृष्ण पण्डित, सवइन्जिनियर प्रेमबहादुर बस्नेत, साविक बागचौर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत निर्मला मल्ल, लेखा अधिकृत तोरणप्रसाद घिमिरे, असिसटेन्ट सवइन्जिनियर तोरणबहादुर विष्ट, बागचौर नगरपालिका–५ वडाध्यक्ष डिल्लीबहादुर वली, ग्रामिण विद्यूतीकरण शिवरथ उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव विरेन्द्रप्रसाद वली, कोषाध्यक्ष त्रिपुरा वली, विद्युत लाइन विस्तार उपभोक्ता समितिका अध्यक्ष थलबहादुर बस्ने, सचिव शिवप्रसाद पुन र कोषाध्यक्ष पार्वती पुनविरुद्ध पनि ५ लाख १४ हजार १ सय ३५ रुपैयाँ ९३ पैसा बिगो तथा ३ महिनादेखि ३ वर्षसम्म कैद सजाय माग दावी गरेको छ ।

अख्तियारले शारदा ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक विनोद केसीविरुद्ध ४६ लाख ९ सय ९६ रुपैयाँ ४७ पैसा बिगो र जरिवाना तथा ३ महिनादेखि ३ वर्षसम्मको कैद सजाय माग गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ५ : १२ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना