राष्ट्रपतिको कदमविरुद्ध १६ राज्यको मुद्धा दर्ता « Khabarhub

राष्ट्रपतिको कदमविरुद्ध १६ राज्यको मुद्धा दर्ता


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको राष्ट्रिय संकटकालको घोषणाविरुद्ध अमेरिकाका १६ राज्यले अदालतमा मुद्धा दायर गरेका छन् । क्यालिफोर्निया राज्यको नेतृत्वमा अमेरिकाका १६ राज्यले ट्रम्पको कदमविरुद्ध अदालतमा मुद्धा दायर गरेका हुन् ।

१६ राज्यको गठबन्धनले अमेरिकाको युएस डिष्ट्रिक कोर्ट फर द नर्दन डिष्ट्रिक अफ क्यालिफोनिया अदालतमा मुद्धा दायर गरेका हुन् ।क्यालिफोर्निया राज्यका न्यायाधीवक्ता ह्याभियर बेकेराले विज्ञप्ति जारी गर्दै मेक्सिकोको सीमामा पर्खाल लगाउनकै लागि राष्ट्रपति ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकट संविधानले राष्ट्रपतिलाई दिएको संवैधानिक अधिकारको दुरुपयोग भहेको भन्दै मुद्धा दायर गरिएको जनाएका छन् ।

मुद्धा दायर गर्ने राज्यहरुमा क्यालिफोर्नियासहित कनेक्टिकट, इलेनोई, कोलोराडो, डेलावायर, हवाई, न्यूजर्सी, मइन, न्यु मेक्सिको, न्यूयोर्क, नेभेदा, ओरेगन, मेरिल्याण्ड, भर्जिनिया, मिन्नेसोटा, मिशिगन राज्य छन् ।

यसअघि गत शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि मुलुकमा राष्ट्रिय संकटको घोषणा गरेका थिए । घोषणाका क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो यो कदमविरुद्ध कानूनी लडाईँ हुनसक्ने र त्यसका लागि आफ्नो प्रशासन तयार रहेको समेत जनाएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ५ : २८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित