कर्माको गुनासो – धेरैजसो फिल्मकर्मी राम्रो फिल्म बनाउन हैन, पैसा कमाउन आउने रैछन् ! « Khabarhub

कर्माको गुनासो – धेरैजसो फिल्मकर्मी राम्रो फिल्म बनाउन हैन, पैसा कमाउन आउने रैछन् !


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिल्म ‘सानो संसार’ भन्नबित्तिकै दर्शकले कर्मा शाक्य र नम्रता श्रेष्ठको जोडी सम्झिहाल्छन् । त्यसपछि कर्मा अभिनित कैयन् फिल्म आए तर कुनै फिल्म पनि उनको करिअरमा कोशेढुंगा बनेनन् । उनी अभिनित फिल्मले राम्रै व्यापार गरेका भएपनि सोलो हिरोको भूमिकामा देखिएका फिल्म खासै छैनन् ।

केही हप्ताअघि मात्र रिलिज भएको फिल्म ‘गरुड पुराण’ मा उनको भूमिका थियो तर कर्मालाई साइड हिरोकै रुपमा दर्शकले हेरे । एक जमानामा फिल्म क्षेत्रमा राम्रो सम्भावना देखाएका कर्माले नाटकमा पनि काम गरिरहेका छन् । तर उनका नाटकप्रति पनि दर्शक अ‍ाकर्षित भएको देखिँदैन ।

कर्मा भने यो क्षेत्रमा धेरै फिल्म खेल्नभन्दा पनि राम्रो फिल्म खेल्न आएको बताउँछन् । खबरहबसँगको कुराकानीमा कर्माले आफूले यो क्षेत्रमा धेरै फिल्म खेल्नभन्दा पनि राम्रो फिल्म खेल्ने उद्देश्यसहित आएको बताए ।

‘नेपाली चलचित्र क्षेत्रमा एउटा राम्रो फिल्म बनाऊँ भन्दा पनि कसरी पैसा कमाउने भन्ने होडबाजी चलिरहेको छ, जुन कुरामा मलाई रुचि थिएन,’ कर्माले खबरहबसँग भने, ‘यसरी त चल्दैन रैछ भन्ने लाग्यो, त्यसपछि मैले अफर आएका फिल्म खेल्न थालेँ, किनकि मैले यो बाहेक जानेको पनि केही छैन ।’

‘राम्रा फिल्म खेल्छु भनेर मात्र नहुने रैछ, चुजी हुने आफ्नो ठाउँमा छ, त्योभन्दा पहिले मैले फिल्ममा काम गर्नैपर्छ, आफू पालिनैपर्छ,’ कर्माले अगाडि थपे ।

उनको बुझाइमा नेपालमा राम्रा फिल्ममेकर एकदमै कम छन् । तीमध्ये केही मेकरले मात्र फिल्म राम्रो बनाउँछन् । ‘राम्रा मेकरले वर्षमा एउटा हैन, पाँच वर्षमा एउटा फिल्म बनाउनुहुन्छ, फेरि उहाँहरुले मलाई नै लिनुहुन्छ भन्ने पनि छैन ।’

अभिनयमा राम्रो गर्न सक्ने भनिएका कर्माले पछिल्ला फिल्ममा भने कमाल गर्न सकेका छैनन् । उनको अभिनय रहेको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ चैत्र १ गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : २६ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन