सैन्य कारबाहीमा इजिप्टमा १६ लडाकू मारिए « Khabarhub

सैन्य कारबाहीमा इजिप्टमा १६ लडाकू मारिए


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजिप्टको सेनाले लडाकुविरुद्ध गरेको सैनिक कारवाहीमा १६ संदिग्ध लडाकुको ज्यान गएको जनाएको छ । इजिप्टको सिनाई प्रायद्विपमा उत्तरी भागमा अवस्थित अल अरिश शहरमा सेनाले दुई छुट्टाछुट्टै कारवाही गरि संदिग्ध लडाकुलाई परास्त गरिएको इजिप्टको सरकारी समाचार संस्थाले जनाएको हो ।

समाचार संस्था अल अहरमका अनुसार सेनाले अल अरिश शहरको ओबेइदात क्षेत्रमा गरेको कारवाहीमा १० तथा अबु एइटा क्षेत्रमा गरेको कारवाहीमा ६ जना संदिग्ध मारिएका हुन् । सेनाको कारवाहीमा केही परिमाणमा हतियार तथा अन्य सैनिक उपकरण बरामद गरिएको जनाइएको छ ।

कारवाहीका क्रममा सेना तथा लडाकुबीच झडप समेत भएको जनाइएपनि सेनातर्फ भएको हताहतीको विवरण भने सार्वजनिक गरिएको छैन । सन् २०१३ यता इजिप्टको सेनाले इस्लामिक अतिवादीविरुद्ध युद्ध लड्दै आएको छ । इस्लामिक अतिवादीहरु उत्तरी सिनाईमा बढी सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ४२ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी