७ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ

By खबरहब

February 19, 2019

नवलपरासी– पश्चिम नवलपरासीमा सात बर्षीया बालिका बलात्कार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार सुस्ता गाउँपालिका १ बनदेवी निवासी ५७ बर्षीया केवल चमारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ७ बर्षीया बालिकालाई मिठाई किनिदिन्छु भन्दै प्रलोभन देखाएर आफ्नै घरको ट्वाइलेटमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका चमारलाई प्रहरीले कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको छ ।