भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी « Khabarhub

भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  ४० जनाभन्दा धेरै अर्धसैनिक बलका सैनिकको ज्यान जानेगरी भएको भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा गत बिहीबार भएको आत्मघाती आक्रमणको जवाफमा भारतले पाकिस्तानविरुद्ध सिमित स्तरको सैनिक कारवाही गर्नसक्ने संभावना बढ्दै गएका बेला पाकिस्तानले भारतसमक्ष त्यस्तो कुनै सैनिक आक्रमण नगर्न चेतावनी दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले टेलिभिजन सन्देशमार्फत् भारतलाई पाकिस्तानविरुद्ध अफवाह फैलाउन बन्द गर्न आह्वान गरे । उनले भारतले पाकिस्तानविरुद्ध आधारहीन आरोप लगाइरहेको भन्दै यदि भारतसँग आक्रमणमा पाकिस्तानको प्रत्यक्ष संलग्नता रहेको प्रमाण भए त्यो देखाउन समेत आग्रह गरे ।

प्रधानमन्त्री खानले भारतले आत्मघाती आक्रमणको जवाफमा सैनिक कारवाही गरे त्यसको जवाफ दिन पाकिस्तान पाकिस्तान तयार रहेको समेत चेतावनी दिए ।

उनले कश्मीरको समस्या समाधानका लागि वार्ता एकमात्र विकल्प भएको र भारतलाई वार्ताका लागि समेत आह्वान गरे । पाकिस्तानले कश्मीरमा सक्रिय अतिवादी तथा पृथकतावादीलाई प्रत्यक्ष सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ । पछिल्लो आत्मघाती आक्रमणको जिम्मा पनि पाकिस्तानमा सक्रिय अतिवादी समूह जैश ए मोहम्मदले लिएको थियो ।

तर, पाकिस्तानले भने त्यस्ता आरोप आधारहीन रहेको बताउँदै आएको छ । पुलावामा आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध सिमित स्तरको सैनिक आक्रमण गर्नसक्ने आशंका पनि बढ्दै गएका छन् ।

यसअघि गत सोमबार भारत प्रशासित कश्मीरमा भारतीय सैनिक कारवाहीमा तीन पाकिस्तानी लडाकु मारिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ३१ बजे

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु (धादिङ)- आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको चुनावमै भाँडभैलो, भोटिङ मेशिनमा गडबडी गरेको आरोप

काठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा