इयुको संसदीय चुनावमा बेलायत सहभागी नहुने « Khabarhub

इयुको संसदीय चुनावमा बेलायत सहभागी नहुने


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायत युरोपेली युनियनबाट बाहिरिने मामिलाका कनिष्ठ मन्त्रीले यरोपेली युनियन इयु संसद्को आगामी चुनावमा बेलायत सहभागी नहुने जनाएका छन् । बेलायत युरोपेली युनियनबाट बाहिरिने मामिलाका कनिष्ठ मन्त्री मार्टिन कलानले बेलायत युरोपेली युनियनबाट बाहिरिने मिति आगमी मार्च २९ पछि हुन लागेको चुनावमा सहभागि नहुने जनाएका हुन् ।

यसअघि युरोपेली आयोगका प्रमुख जिन क्लाउड युङ्करले इयु संसद्को आगामी निर्वाचनमा बेलायतको पनि सहभागिता रहनसक्ने जनाएका थिए । बेलायत इयुबाट बाहिरिदा इयुसँग गर्ने सम्झौताका विषयमा बेलायती संसद्मा तीब्र मतविभाजन भइरहेका बेला बेलायत सरकारका मन्त्रीको यस्तो भनाइ आएको हो ।

प्रधानमन्त्री टरिजा मेले बेलायत इयुसँग गरेको सम्झौता अनुसार बाहिरने वा प्रधानमन्त्री मेको सम्झौताभन्दा परिष्कृत सम्झौता गरी बाहिरिने वा बिना सम्झौता बाहिरने वा बेलायत बाहिरिने विषयमा फेरि जनमत सङ्ग्रह गर्ने विषयमा बेलयती राजनीतिमा तीब्र ध्रुविकरण भइरहेको छ ।
इयु संसद्को आगामी निर्वाचन मे महिनाको अन्तिम साता हुँदैछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  १० : ३९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली