इयुको संसदीय चुनावमा बेलायत सहभागी नहुने « Khabarhub

इयुको संसदीय चुनावमा बेलायत सहभागी नहुने


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायत युरोपेली युनियनबाट बाहिरिने मामिलाका कनिष्ठ मन्त्रीले यरोपेली युनियन इयु संसद्को आगामी चुनावमा बेलायत सहभागी नहुने जनाएका छन् । बेलायत युरोपेली युनियनबाट बाहिरिने मामिलाका कनिष्ठ मन्त्री मार्टिन कलानले बेलायत युरोपेली युनियनबाट बाहिरिने मिति आगमी मार्च २९ पछि हुन लागेको चुनावमा सहभागि नहुने जनाएका हुन् ।

यसअघि युरोपेली आयोगका प्रमुख जिन क्लाउड युङ्करले इयु संसद्को आगामी निर्वाचनमा बेलायतको पनि सहभागिता रहनसक्ने जनाएका थिए । बेलायत इयुबाट बाहिरिदा इयुसँग गर्ने सम्झौताका विषयमा बेलायती संसद्मा तीब्र मतविभाजन भइरहेका बेला बेलायत सरकारका मन्त्रीको यस्तो भनाइ आएको हो ।

प्रधानमन्त्री टरिजा मेले बेलायत इयुसँग गरेको सम्झौता अनुसार बाहिरने वा प्रधानमन्त्री मेको सम्झौताभन्दा परिष्कृत सम्झौता गरी बाहिरिने वा बिना सम्झौता बाहिरने वा बेलायत बाहिरिने विषयमा फेरि जनमत सङ्ग्रह गर्ने विषयमा बेलयती राजनीतिमा तीब्र ध्रुविकरण भइरहेको छ ।
इयु संसद्को आगामी निर्वाचन मे महिनाको अन्तिम साता हुँदैछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  १० : ३९ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि