एस्ले कोलले गरे सन्यासको घोषणा « Khabarhub

एस्ले कोलले गरे सन्यासको घोषणा


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इग्ल्याण्डका पूर्व डिफेन्डर एस्ले कोलले सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

उनले आर्सनल चेल्सी, क्रिस्टल प्यालेल, इटलियन क्लब रोमा लगायतबाट उत्कृष्ठ खेले खेलेका थिए ।

३८ वर्षीय कोल नयाँ सिजनको सुरुवातमा कन्ट्रयाक्ट बीहिनी बनेका थिए । सन् २०१८–१९ को सिजन समापनसँगै ३८ बर्षिय कोल डर्बी काउन्टीबाट कन्ट्रयाक्ट विहीन थिए । उनले अब प्रशिक्षकीय भूमिकामा ध्यान दिने बताएका छन् ।

आर्सनलका लागि सन् १९९९ मा डेब्यु गरेका कोलले त्यसपछि लोनमा क्रिस्टल प्यालेसमा पनि बिताएका थिए । आर्सनलमा शानदार सात सिजन बिताए पछि अर्को लण्डन क्लब चेल्सी पुगेका थिए । चेल्सीबाट इटालियन क्लब एएस रोमाम, अमेरिकी क्लब एलए ग्यालेक्सी हुँदै डर्बीमा आवद्ध हुँदै गत बर्ष इङल्याण्ड फर्किएका थिए ।

इङल्याण्डको राष्ट्रिय टोलीका लागि कुल १०७ क्याप जितेका कोल एफए कपको इतिहासमै सबैभन्दा डेकोरेटेड फुटबलरका रुपमा पनि परिचित छन् । चेल्सीमा रहँदा कोलले सन् २०११–१२ प्रतिष्ठित च्याम्पियन्स लिग जितेका थिए भने सन् २०१२–१३ मा युरोपा लिगको उपाधि जितेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : ४० बजे

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा