१२ वर्षमा एक पटक फूल्ने अनौठो फूल (फोटो फिचर) « Khabarhub

१२ वर्षमा एक पटक फूल्ने अनौठो फूल (फोटो फिचर)


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा लिइन्छ । नेपालीमा त अझ एउटा उखानै छ– ‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ ।

‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल । भारतको केरलस्थित मुन्नारमा यो एक प्रजातिको फूल १२ वर्षमा एक पटक फूल्छ । फूल फूलेपछि वातावरण नै मनमोहक तुल्याउँछ । समुद्र सतहबाट एक हजार ६०० मिटरभन्दा बढी उचाईमा रहेको पहाडी क्षेत्रमा यो फूल फूल्ने गर्छ । फूल फूल्ने समयमा पर्यटकको चहपहल पनि निकै हुने गर्छ ।

‘नीलकुरिन्जी’ नामक उक्त फूल फूल्ने फूल्ने समयमा पहाडले नै कपडा फेरेको भान हुन्छ । ‘नीलगिरी’ पर्वतको नाम यसै फूलका नामबाट राखिएको बताइन्छ ।

यसअघि यो फूल सन् २००६ मा फूलेको थियो । १२ वर्ष पूरा भएसँगै सन २०१८ मा पुनः यो फूल फूलेको हो । सन् २००६ मा यो फूल फूलेको मौसममा करिब ३ लाख पर्यटकले सो क्षेत्रको अवलोकन गरेको बताइन्छ । यो फूल अगस्ट महिनाबाट फूल्न थाल्छ भने नोभेम्बरबाट यसको सिजन सकिन्छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ५० बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले