दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी « Khabarhub

दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि बिक्रेताहरुले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु विक्रीवितरण गर्ने गरेको पाइएको छ ।

औषधि ऐन,२०३५ को दफा १० मा औषधि बिक्री–वितरण गर्न व्यवसायीले विभागसँग अनुमति लिनुपर्ने व्यवस्था छ । तर कतिपय औषधि व्यवसायीहरुले विभागमा दर्ता नगराएका औषधिहरु बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

विभागले गर्ने अनुगमनको क्रममा दर्ता नै नभएका औषधिहरु बिक्री भइरहेको पाइएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।  विभागले थोक तथा खुद्रा बिक्रेताले विभागमा दर्ता भएका औषधि मात्र बिक्री वितरण गर्न सार्वजनिक सूचना समेत जारी गरेको छ ।

विभागसँग अनुमति नलिइ दर्ता नभएका औषधि बिक्री भएको पाइएमा औषधिहरु जफत गरी औषधि पसलको दर्ता प्रमाणपत्र नै खारेज गरी कारवाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।

औषधि व्यवस्था विभागको सुचना यस्तो छ

 

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ३ : ४१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित