नेपाल पुनर्बीमा कम्पनीको सेवा नेपालबाहेक ३० देशमा विस्तार | Khabarhub Khabarhub

नेपाल पुनर्बीमा कम्पनीको सेवा नेपालबाहेक ३० देशमा विस्तार


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुनर्बीमा कम्पनीले नेपाल बाहेक ३० वटा देशबाट आफनो सेवा विस्तार गरेको छ । नेपाल पुनर्बीमा कम्पनी हाल ३० देशबाट पुनर्बीमासम्बन्धी काम गरिरहेको अण्डरराईटिङ शाखाले जानकारी दिएको छ ।

पुनर्बीमा कम्पनीको व्यापार बिस्तार ३० वटा देशमा फैलिईसकेको शाखाले जनाएको छ । ३० वटा देशहरुबाट धेरै वा थोर पुनर्बीमाको कारोबार भइरहेको शाखाको भनाइ छ । नेपालमा अहिलेसम्म एउटा मात्रै पुनर्बीमा कम्पनी छ ।

नेपालमा पुनर्बीमा कम्पनी नहुँदा भारत वा तेस्रो देशमा रहेका पुनर्बीमा कम्पनीहरुसँग सहकार्य गरेर नेपाली बीमा कम्पनीहरुले काम गदै आएको थिए । विस २०७१ कार्तिकमा नेपालमा पुनर्बीमा कम्पनीको स्थापना भएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीका अनुसार बगंलादेश, कम्बोडिया, बहराईन, भुटान, क्याम्रोन, दुवई, घाना, ग्यूनिया, भारत, इभेरी कोस्ट, केन्या, कुवेत, मलेसिया, मंगोलिया, म्यानमार, ओमान, पाकिस्तान, भेनेजुयुला, प्लेस्टाईन, भियतनाम र यमन, टर्की, तुर्मे्किस्तान, नाईजेरिया, पपुवान्यूगिनी गरी ३० वटा देशहरुका बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराएका छन् ।

नेपाली बीमा कम्पनीहरुले अझै पनि पुनर्बीमा गराउनको लागि विदेशी कम्पनीमा जाने गरेका छन् । बीमा समितिको प्रावधान अनुसार बीमा कम्पनीहरुले आफूले गरेको बीमाको २० प्रतिशतको जोखिम बहनका लागि अर्को कम्पनीमा पुनर्बीमा गराउनुपर्ने व्यवस्था छ । हवाइ र इन्धनसँग सम्बन्धित क्षेत्रको भने अन्य देशका पुनर्बीमा कम्पनीबाट बीमा गराउँदै आएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ११ : ५१ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव