एभीसी भलिबलको उद्घाटन खेलमा तुर्किमिनिस्तान विजयी | Khabarhub Khabarhub

एभीसी भलिबलको उद्घाटन खेलमा तुर्किमिनिस्तान विजयी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा तुर्किमिनिस्तानले जीत हात पारेको छ । लगनखेलस्थित नेपाली सेनाको शारिरीक तथा खेलकुद केन्द्रको भलिबल कोर्टमा भएको खेलमा तुर्किमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

समूह ‘ए’ मा रहेको तुर्किमिनिस्तानले अफगानिस्तानलाई पराजित गर्न निकै संघर्ष गर्नु परे पनि लगातार तीन सेटमा जीत हात पार्न सक्दा प्रतियोगितामा शुखद् शुरुवात गर्न सफल भएको छ ।

अफगानिस्तानविरुद्ध तुर्किमिनिस्तानले पहिलो सेट ३२–३० ले जीतेको थियो । त्यस्तै दोस्रो सेट तुर्किमिनिस्तानले निकै कमजोर अवस्थामा गुमाएको थियो । जसमा अफगानिस्तानले २५–१६ को स्कोरमा एक सेट हात पारेको थियो । तर, तुकिमिनिस्तानले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २७–२५ को स्कोरमा जीत हात पार्यो भने तुकिमिनिस्तानका लागि निर्णायक बनेको चौथो सेटमा अफगानिस्तानले राम्रो खेलेपनि विपक्षीलाई रोक्न नसकेपछि २६–२४ को स्कोरमा सेट गुमाउन पुग्यो ।

यस्तै, सोमबार नै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले किर्गिस्तानसँग खेल्दैछ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १२ : ५७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका