मधेस पुगेर प्रचण्डको प्रश्न– २ नम्बर प्रदेशको सरकारले के गर्‍यो ? « Khabarhub

मधेस पुगेर प्रचण्डको प्रश्न– २ नम्बर प्रदेशको सरकारले के गर्‍यो ?


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नम्बर २ को पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

सोमबारको जनकपुरधामको बरमझियामा शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले गरेको त्याग र बलिदानअनुसारको प्रतिपफल नपाएको पनि बताए ।

‘यो २ नम्बर प्रदेशको सरकारले के–कति राम्रो काम गर्‍यो ? के यहाँ सुशासन शुरु भयो त ? विकासले गति लिन थाल्यो छ ?,’ प्रचण्डले भने, ‘मैले बुझेसम्म त्यस्तो भएको छैन । बरु यहाँ भ्रष्टाचार अझ बढ्यो भन्ने कुरा सुनिएको छ । सुशासन छैन, जनतालाई झन् दुःख बढ्यो भन्ने कुरा सुनिएको छ ।’

अध्यक्ष प्रचण्डले केही समय अगाडि प्रदेश नम्बर २ का मुख्यमन्त्रीसहितको टोली काठमाडौं गएको र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र आफूसहितको भेटका क्रममा प्रदेश नम्बर २ को समस्याबारे छलफल भएको जानकारी दिए । उक्त छलफलका क्रममा आफूले केही कुरा मुख्यमन्त्रीलाई भनेको पनि बताए ।

अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा प्रत्येक वर्ष बाढीबाट हुने क्षतिलाई दीर्घकालीन ढंगले नियन्त्रण गर्नका लागि योजना बनाउनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ४ : ५६ बजे

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा