मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले भन्छन्- मिर्गौला पीडित बिरामीले यी कुरामा ध्यान दिनुपर्छ | Khabarhub Khabarhub

मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले भन्छन्- मिर्गौला पीडित बिरामीले यी कुरामा ध्यान दिनुपर्छ


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाले पूर्ण रुपमा काम गर्न नसक्ने अवस्था आउनु भनेको मिर्गौला फेल हुनु हो । मिर्गौला फेल भएका व्यक्तिले कि स्वस्थ व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नुपर्छ होइन भने समय-समयमा डायलाइसिस गर्नुपर्छ ।

डायलाइसिस गरिरहेका व्यक्तिले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने मिर्गौला रोग विशेषज्ञ डा ऋण कुमार काफ्ले बताउँछन् ।

उनका अनुसार डायलाइसिस सेवा लिइरहेका मिर्गौलाका बिरामीले खानपानमा पनि विशेष ख्याल गर्नुपर्छ । खानापानमा विशेष ध्यान दिएर सातामा दुईपटक नियमित डायलाइसिस गराउँदा मिर्गौला फेल भएका बिरामी २५ वर्षसम्म आयु रहनसक्ने डा काफ्ले बताउँछन् ।

डायलाइसिस गराइरहेका मिर्गौलाका बिरामीले के कुरामा ध्यान दिने ? 

पानी पीउदा ख्याल गर्नुस्
मिर्गौलाका बिरामीलाई पिसाब हुँदैन । बिरामीले सेवन गर्ने झोल पदार्थ डायलाइसिस गर्दा नै बाहिर निकाल्नुपर्ने हुन्छ । त्यसैले डायलाइसिस गराइरहेका व्यक्तिहरुले पानी पिउँदा पनि विचार पुर्‍याउनुपर्छ । धेरै मात्रामा पानी पिउँदा पनि स्वास्थ्यमा असर पर्छ । झोल पदार्थ समेत चिकित्सकको सल्लाहमा सीमित मात्रामा खानुपर्छ ।

प्रोटिनयुक्त खानामा नियन्त्रण
मिर्गौलाका बिरामीले खाने खानामा हुने विकारयुक्त पदार्थहरु डायलाइसिसकै माध्यमबाट निकाल्ने गरीन्छ । प्रोटिनयुक्त खानाहरु माछा, मासु, च्याउ, डेडागुडी जति धेरै खायो त्यति नै धेरै विकारयुक्त पदार्थ पनि उत्पादन हुन्छ । यी पदार्थहरु निश्कासन गर्न डायलाइसिस गराउनुपर्छ । प्रोटिनयुक्त खाद्यान्न बढी खाँदा डायलाइसिस गर्दा पूर्ण रुपमा फोहोर पदार्थ निस्किएन भने शरीर झनै कमजोर हुन्छ । त्यसैले डायलाइसिस गराइरहेका बिरामीले प्रोटिनयुक्त खाना कम खानुपर्छ ।

तरकारी तथा सागसब्जी उमालेर खाने
डायलाइसिस गराइरहेका मिर्गौलाका बिरामीले पोटासियमयुक्त खाना खानु मुटुका लागि खतरनाक मानिन्छ । पोटासियम बढी भएमा मिर्गौलाका बिरामीको मुटुको धड्कन बन्द भएर मृत्यु हुने खतरा हुन्छ । त्यसैले डायलाइसिस गराइरहेका बिरामीले साजसब्जी उमालेर मरमसला प्रयोग नगरी खानुपर्छ ।

फलफूलमा नियन्त्रण
डायलाइसिस गराइरहेका बिरामीले फलफूल खाँदा समेत विचार पुर्‍याउनुपर्छ । स्याउ, मेवा , नास्पाती र भुँइकटहर बाहेक अन्य फलफूल मिर्गौलाका बिरामीका लागि उपयुक्त हुँदैन ।

अम्लिय पदार्थ खानु हुँदैन
मिर्गौला बिग्रिएको बिरामीले डायलाइसिस गराइरहेको छ भने अचार, कागती, अमिलो, अमला, लप्सी, गुन्दुक, सिन्की, अमिलो मिसाइएको खाना, खानु हुँदैन ।

बासी खानेकुरा खानु हुदैन
मिर्गौला फेल भएर डायलाइसिस सेवा लिइरहेका बिरामीले बासी खाना खानु भनेको स्वास्थ्यमा समस्या निम्त्याउनु हो । त्यसैले मिर्गौलाका बिरामीले बासी, सडेगलेको खानेकुरा खानु हुँदैन ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : १६ बजे

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १

शेखरको तर्क : अहिलेको निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमाले मिल्नु पर्छ

झापा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार सम्पन्न तेस्रो