निर्वाचन आयोगले बनायो तेस्रो पञ्चवर्षीय योजना, १५६ वटा क्रियाकलापहरुको पहिचान | Khabarhub Khabarhub

निर्वाचन आयोगले बनायो तेस्रो पञ्चवर्षीय योजना, १५६ वटा क्रियाकलापहरुको पहिचान


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–२०८०/८१) तयार पारेको हो ।

आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनका लागि ५ वटा रणनीति अन्र्तगत ४० वटा कार्यनीति तय गरिएको छ । कार्यनीतिहरु कार्यान्वनयका लागि पाँचबर्षको कार्ययोजनासमेत तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ ।

आयोग परिसरमा सोमबार सम्वाददाताहरुसँग कुरा गर्दे प्रवक्ता शंकर प्रसाद खरेलले ७ वटै प्रदेश र सम्बन्धित क्षेत्रका निकायसँग गरिएको परामर्शबाट प्राप्त सुझावहरु राखेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिए ।

स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनमार्फत नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसरको सुनिश्चितता प्रदान गर्ने लक्ष्य प्राप्तिका लागि रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताए ।

आयोगले पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास गर्ने, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधार गर्ने, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन गर्ने र निर्वाचन एवम् नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति तय गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : १६ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता