सिसिटिभी क्यामेरासमेत लुटेर लैजाने चोर, जसले प्रशासन कार्यालय अगाडिबाटै कोट–पाइन्ट चोरे « Khabarhub

सिसिटिभी क्यामेरासमेत लुटेर लैजाने चोर, जसले प्रशासन कार्यालय अगाडिबाटै कोट–पाइन्ट चोरे


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– प्रहरीले वीरगन्जका विभिन्न ठाउँमा लुटपाट गर्ने एक व्यक्ति पक्राउ गरेको छ ।

विरगन्जका विभिन्न पसल तथा घरमा भएका लुटपाटका घटनामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१० धडिअर्वा घर भएका ३१ वर्षीय प्रमोद साह छन् । प्रहरीका अनुसार उनले एउटा गहना पसलमा राखेको सीसीटिभी क्यामेरा समेत चोरेर लगेका थिए ।

साहले साउन १४ गते वीरगन्जको रानीघाट स्थित महोन प्रसाद सर्राफको सुनचाँदी गहना पसलमा लुटपाट गरेका थिए । साहले गहना पसलबाट चाँदीको औंठी २० थान, सुनको औंठी ७ थान, चाँदीको सिक्का २० थान र चाँदीकै अन्य ३ सामग्री चोरी गरेका थिए ।

चोरी गरेर पसलबाट निस्किने क्रममा साहले ढोकामाथि जडान गरिएको सिसिटिभी क्यामेरा समेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका साहको साथबाट सुन तथा चाँदीका गहनासहित सिसिटिभी क्यामेरासमेत बरामद गरेको छ ।

उनले साउन २५ गते पर्साको पोखरिया नगरपालिका–६ बस्ने जितेन्द्र यादवको वीरगन्जको जिल्ला प्रशासन कार्यालय अगाडि रहेको टेलरिङ पसलमा चोरी गरेका थिए । साहले टेलरिङ पसलबाट चोरी गरेका ३ थान कोट, १ थान स्कोट, ३ थान पाइन्ट, १६ थान सर्टको कपडा, १० थान पाइन्टको कपडा र १ थान टाइ प्रहरीले बरामद गरेको छ ।

साहले गहना र टेलरिङ पसलसँगै अन्य ठाउँमा पनि चोरी गरेको भेटिएको प्रहरीले जनाएको छ । उनले विभिन्न मोबाइल तथा विद्युतीय सामग्रीका पसलहरुमा चोरी गरेको भेटिएको छ ।

प्रहरीले उनको साथबाट २० थान मोबाइल, १२ थान घडि, ५ थान मोबाइल चार्जर, १ थान पिलास, १ थान तार काट्ने कटर, १ थान आइरन, ११ थान मोबाइलको ब्याट्री र १३ थान मेमोरी कार्ड बरामद गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : १९ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र