दक्षिण कोरियाको नीति : सीपमा दक्ष विदेशी कामदार मात्रै लिने « Khabarhub

दक्षिण कोरियाको नीति : सीपमा दक्ष विदेशी कामदार मात्रै लिने


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० जनवरीदेखि रोजगारीका लागि आउने विदेशी श्रमिकका हकमा अनिवार्य सीप भएका श्रमिकलाई प्रथामिकतामा राख्ने भएको छ ।

भाषामात्र पास भएर आएका विदेशी श्रमिकमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाले सीप भएका कामदारलाई आफ्नो रोजगारीका लागि भित्र्याउने लक्ष्य लिएको हो ।

भाषामात्र अध्ययन गरेर सामान्य सीप नभएका विदेशी श्रमिकले अब कोरिया रोजगारीमा जान तालिम लिनुपर्ने वैदेशिक रोजगार ईपीएस शाखाले जनाएको छ ।

कोरियाका रोजगारदाता कम्पनीले सम्बन्धित विषयमा अनुभव भएका श्रमिक प्रमाणपत्र, तालिम र शैक्षिक योग्यताका आधारमा लिन खोजिरहेको कोरियाको मानव संसाधन केन्द्र (एचआरडी) काठमाडौंकी निर्देशक पार्क सुङ हिलेले बताइन् । नेपालबाट रोजगारीका लागि कोरिया जान चाहे नेपाली कामदारले भाषाभन्दा सीपमा जोड दिनुपर्ने उनको भनाइ छ ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारका लागि जान पाउने ग्यारेन्टी नभएको र सीपमा पनि दक्ष हुनुपर्ने वैदेशिक रोजगार ईपीएस शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिएका छन् ।

सन् २०२० को कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए। जसमा १२ हजार ९ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका छन् । तीमध्ये ६ हजार ७ सय जनासम्म छनोट गरिने भएको छ । उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार छनोट गर्ने योजना एचआरडीको रहेको छ ।

हाल कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तथ्यांक छ । भाषा परीक्षामार्फत करिब ६० हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । जसमा ७ हजारभन्दा धेरै महिला पनि रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : ३४ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित