दक्षिण कोरियाको नीति : सीपमा दक्ष विदेशी कामदार मात्रै लिने | Khabarhub Khabarhub

दक्षिण कोरियाको नीति : सीपमा दक्ष विदेशी कामदार मात्रै लिने


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० जनवरीदेखि रोजगारीका लागि आउने विदेशी श्रमिकका हकमा अनिवार्य सीप भएका श्रमिकलाई प्रथामिकतामा राख्ने भएको छ ।

भाषामात्र पास भएर आएका विदेशी श्रमिकमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाले सीप भएका कामदारलाई आफ्नो रोजगारीका लागि भित्र्याउने लक्ष्य लिएको हो ।

भाषामात्र अध्ययन गरेर सामान्य सीप नभएका विदेशी श्रमिकले अब कोरिया रोजगारीमा जान तालिम लिनुपर्ने वैदेशिक रोजगार ईपीएस शाखाले जनाएको छ ।

कोरियाका रोजगारदाता कम्पनीले सम्बन्धित विषयमा अनुभव भएका श्रमिक प्रमाणपत्र, तालिम र शैक्षिक योग्यताका आधारमा लिन खोजिरहेको कोरियाको मानव संसाधन केन्द्र (एचआरडी) काठमाडौंकी निर्देशक पार्क सुङ हिलेले बताइन् । नेपालबाट रोजगारीका लागि कोरिया जान चाहे नेपाली कामदारले भाषाभन्दा सीपमा जोड दिनुपर्ने उनको भनाइ छ ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारका लागि जान पाउने ग्यारेन्टी नभएको र सीपमा पनि दक्ष हुनुपर्ने वैदेशिक रोजगार ईपीएस शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिएका छन् ।

सन् २०२० को कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए। जसमा १२ हजार ९ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका छन् । तीमध्ये ६ हजार ७ सय जनासम्म छनोट गरिने भएको छ । उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार छनोट गर्ने योजना एचआरडीको रहेको छ ।

हाल कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तथ्यांक छ । भाषा परीक्षामार्फत करिब ६० हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । जसमा ७ हजारभन्दा धेरै महिला पनि रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ५ : ३४ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा