साउदी युवराजसँग करोडौं डलर लिएको स्वीकार « Khabarhub

साउदी युवराजसँग करोडौं डलर लिएको स्वीकार


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम– सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बशिरले साउदी युवराज मोहम्मद बिन सलमानसँग करोडौं अमेरिकी डलर लिएको स्वीकार गरेका छन् ।

भ्रष्टाचारबारेको अनुसन्धानका क्रममा उनले बिन सलमानसँग ९ करोड अमेरिकी डलर लिएको स्वीकार गरेका हुन् । उनलाई सोमबार राजधानी खार्तुमस्थित अदालतमा भ्रष्टाचार बारेको सुनुवाईका लागि अदालतमा उपस्थित गराइएको थियो ।

उनीविरुद्ध विदेशीहरुसँग अवैध रकम लिएका, भ्रष्टाचार गरेकोलगायतका विषयमा सुनुवाई भएको बताइएको छ । त्यसबाहेक उनीविरुद्ध प्रदर्शनकारीको गैरन्यायिक हत्या गरेको अभियोग समेत लाग्दै आएको छ ।

व्यापक प्रदर्शनपछि उनलाई गत अप्रिल महिनामा सैन्य कूमार्फत अपदस्थ गरिएको थियो । उनी सन् १९९३ यता सुडानको राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : १० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको