वैज्ञानिकले पत्ता लगाए पीडा महशुस हुने अंग « Khabarhub

वैज्ञानिकले पत्ता लगाए पीडा महशुस हुने अंग


२ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– छालामा केही वाह्य वस्तुको असाधारण स्पर्श हुँदा पीडा महशुस हुन्छ । तर, यस्तो किन हुन्छ ? यसबारे वैज्ञानिकहरुले लामो समयदेखि अनुसन्धान गर्दै आएका थिए ।

पछिल्लो समय स्वीडेनका शोधकर्ताहरुले छालामा पीडा महशुस गर्ने संवेदनशील अंगको पहिचान गरेका छन् ।

उनीहरुको शोधअनुसार ग्लीयल सेल्स र अरु धेरै तहको प्रोट्युसियन्समा जोडिएको कोषिकाले बनेको अंग पत्ता लागेको छ ।

यही संवेदनशील अंग स्नायूको आसपास रहने र छालाको माथिल्लो तहसम्म रहने भएका कारण मानिसले छालामा पीडा महशुस गर्ने वैज्ञानिकहरुको भनाइ छ ।

यो अनुसन्धानले पीडा उन्मुलन गर्ने नयाँ औषधिको विकास गर्न महत्वपूर्ण हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।

पछिल्लो समय २० प्रतिशत मानिसहरुमा शारीरिक पीडाको समस्या रहेको अध्ययनले देखाएको छ ।

यसको निवारणका लागि मानिसहरुले दुखाई कम गर्ने औषधि (पेनकिलर)को प्रयोग गर्दै आएका छन् । तर, यो खोज नयाँ किसिमको औषधिको विकासका लागि महत्वपूर्ण हुने जनाइएको छ ।

प्रकाशित मिति : २ भदौ २०७६, सोमबार  ८ : ४२ बजे

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत